होटेल सञ्चालकको हत्या आरोपमा २३ वर्षीय युवक पक्राउ « Khabarhub

होटेल सञ्चालकको हत्या आरोपमा २३ वर्षीय युवक पक्राउ


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

गोरखा – कर्तव्य ज्यानको अभियोगमा गोरखा नगरपालिका–१४ सलाङगिरिका २३ वर्षीय किसान परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

पालुङटार नगरपालिका–८ लामाचौरका २८ वर्षीय शमशेरबाबु पन्त पुस १६ गते आफ्नै होटलमा मृत फेला परेका थिए। गोरखा–१४ स्थित अकला मन्दिर नजिकै हिल कटेज होटल संचालन गर्दै आएका पन्तको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेकोमा परियारलाई प्रहरीले पक्राउ गरेको हो।

मृतक पन्तको खुट्टा, टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको चोट देखिएको थियो। घटना अनुसन्धानको क्रममा व्यक्तिगत रिसिइबीका कारण परियारले कर्तव्य गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मादक पदार्थ तथा लागूऔषध सेवन गर्ने क्रममा व्यक्तिगत रिसिइबीको कारण मृतकलाई खुर्पा तथा चक्कुले शरीरका विभिन्न भागहरुमा पटकरपटक प्रहार गरी परियार फरार भएको खुलेको हो।

फरार परियारलाई पुस २४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको सहयोगमा कलंकीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए।

आरोपितविरुद्ध बुधबार कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप लिइएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ३१ बजे

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

काठमाडौं– प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध ६ दिन म्याद थप

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध ६ दिन

राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी