बिरामीको आकर्षण आयुर्वेदमा : प्रभावकारी बन्दै उपचार पद्धति | Khabarhub Khabarhub

बिरामीको आकर्षण आयुर्वेदमा : प्रभावकारी बन्दै उपचार पद्धति

विश्व भरबाटै औषधिको माग, वैद्यखानासँग छैन उत्पादन


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले आयुर्वेदिक उपचार पद्धतिप्रति विश्वमै आकर्षण बढेको छ। आयुर्वेद औषधि प्राकृतिक जडीबुटीबाट बन्ने गर्छ। खासगरी, बोटबिरुवा, जनावर र खनिज पदार्थ आयुर्वेदिक औषधिका स्रोत हुन्। जो कच्चा पदार्थ संकलन, प्रशोधन गरेर वा सिधै प्रयोगमा ल्याइन्छ। आयुर्वेद औषधिमा केमिकलको प्रयोग हुँदैन। यसको सेवनले अन्य असर गर्दैन। आयुर्वेदिक चिकित्साअन्तर्गत विभिन्न पद्धतिबाट उपचार गरिन्छ। आयुर्वेदिक पद्धतिबाट गरिने उपचार र अन्य उपचारमा फरक के छ ? कस्ता–कस्ता रोगको उपचार यो पद्धतिबाट गर्न सकिन्छ ? बिरामीको आकर्षण कस्तो छ ? यी र यस्तै विषयमा सिंहदरबार वैद्यखानाका उत्पादन अधिकृत डा. विनोद साहसँग गरिएको कुराकानीः

डा. विनोद साह उत्पादन अधिकृत,सिंहदरबार वैद्यखाना

आयुर्वेदिक पद्धतिबाट गरिने उपचार र अन्य उपचारमा के फरक छ ?
यी दुवै पद्धतिबाट रोगको उपचार नै गरिने हो। फरक डाइग्नोसिसको पाटोमा हो। आयुर्वेदिक पद्धतिबाट उपचार गर्नलाई बिरामीमा कुन चाहिँ दोष बढेको या घटेको हो त्यसलाई सन्तुलन गरिन्छ। अन्य उपचार पनि समस्या के छ त्यो अनुसार गरिन्छ।

कस्ता–कस्ता रोगको उपचार यो पद्धतिबाट गर्न सकिन्छ ?
समय अनुसार रोगको स्वरुप परिवर्तन हुँदैछ। सम्पूर्ण शरीरको मानसिक र शारीरिक स्वास्थ्य सम्बन्धी समस्याको उपचार गर्न सकिन्छ। नसर्ने रोगको आयुर्वेदिक पद्धतिबाट गरिने उपचारमा राम्रो प्रतिफल प्राप्त भएको छ। रोगसँग लड्नसक्ने क्षमतालाई बढाउने हुनाले अन्य उपचारसँगसँगै आयुर्वेदिक विधि अपनाउनु प्रभावकारी हुन्छ। त्यसैले सबैखाले रोगको उपचार आयुर्वेदिक पद्धतिबाट गर्न सकिन्छ।

समय अनुसार रोगको स्वरुप परिवर्तन हुँदैछ। शरीरको मानसिक र शारीरिक स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको उपचार आयुर्वेद विधिबाट गर्न सकिन्छ।

आयुर्वेदलाई पायल्सको लागि किन राम्रो उपचार मानिन्छ ?
मलद्वार र गुदद्वारको उपचार आयुर्वेदका सर्जनले गरिरहेका छन्। विशेष गरेर पायल्स, फिस्टुला लगायतका रोगको एलोप्याथिक पद्धतिबाट सर्जरी गर्दा फेरि बल्झिने समस्या देखिन्छ। आयुर्वेदिक पद्धतिबाट हुने उपचारबाट राम्रो नतिजा देखिएकोले यो उपचार विधिप्रति आकर्षण बढ्दो छ।

आयुर्वेदिक पद्धतिबाट गरिने उपचार अहिले कत्तिको प्रभावकारी भइरहेको छ ?
उपचार त प्रभावकारीछ। तर गुणस्तरीय औषधिको अभाव छ। कहिले औषधिले राम्रो काम गर्ने र कहिले नगर्ने समस्या देखिन्छ। जसले गर्दा जनमानसमा आयुर्वेदिक औषधिले काम नै गरेन भन्ने हुन्छ। कस्तो जडिबुटी प्रयोग गरेर बनाएको औषधि हो त्यसमा भरपर्छ। महत्त्वपूर्ण जडिबुटी प्रयोग गरेर बनाइएको औषधि प्रयोग भएको छ भने राम्रै हुन्छ।

गुणस्तरीय औषधि उत्पादनका लागि के गर्नुपर्ला ?
गुणस्तरीय औषधि उत्पादनका लागि जडिबुटी र औषधि बनाउन अपलाइने तरिका गुणस्तरीय हुनुपर्छ। सिंहदरबार वैद्यखानामा अहिले विभिन्न कारणले गर्दा उत्पादन हुन सकिरहेको छैन। तर हाम्रो वैद्यखानामा उत्पादन हुने औषधि गुणस्तरीय छन्।

उपचार प्रभावकारीछ। तर गुणस्तरीय औषधिको अभाव छ। कहिले औषधिले राम्रो काम गर्ने र कहिले नगर्ने समस्या देखिन्छ। जसले गर्दा जनमानसमा आयुर्वेदिक औषधिले काम नै गरेन भन्ने हुन्छ।

बिरामीको आकर्षण कस्तो छ ?
पछिल्लो समय अर्गानिक खाना खानुपर्छ भन्ने एक किसिमको लहर नै चलेको छ। आयुर्वेदिक पद्धतिबाट गरिने उपचार पनि जडीबुटी र मानिसको जीवनशैलीसँग जोडेर गरिने भएकाले यसप्रति आकर्षण बढ्दो छ।

बिरामीको आकर्षण अनुसार जनशक्ति छ कि छैन ?
पहिले ५/७ वर्ष अगाडिको भन्दा अहिले जनशक्ति बढेको छ। स्नातक तहमा अध्ययन अध्यापन गराउने कलेज र सिट सङ्ख्या पनि थपिएकाले नेपालमै जनशक्ति उत्पादन भइरहेको छ। तर जति हुनुपर्ने हो त्यो अनुपातमा छैन।

आयुर्वेदिक उपचार पद्धतिलाई अझै प्रभावकारी बनाउन सरकारले के गर्नुपर्ला ?
सरकारकै तहबाट हेर्ने हो भने जनशक्ति अभाव पूर्ति गर्नु आवश्यक छ। त्यसका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ। सरकारी जागिरमै भएका जनशक्तिलाई पनि सीप विकासको लागि विभिन्न तालिमको व्यवस्था गर्नुपर्छ। पढाइ सकेपछि अवसर पनि दिनुपर्छ।

अहिले आयुर्वेदिक उपचार पद्धतिप्रति विश्वमै आकर्षण बढ्दो छ। विभिन्न देशबाट औषधिको माग भइरहेको छ। तर हामीले उपलब्ध गराउन सक्ने अवस्था छैन।

आयुर्वेदिक उपचार पद्धतिमा चुनौती र अवसर के के छन् ?
अहिले आयुर्वेदिक उपचार पद्धतिप्रति विश्वमै आकर्षण बढ्दो छ। विभिन्न देशबाट औषधिको माग भइरहेको छ। तर हामीले उपलब्ध गराउन सक्ने अवस्था छैन। विदेशी पाहुना औषधि खोज्दै वैद्यखानासम्म पुग्छन्। तर यहाँ औषधि छैन। चुनौतीको कुरा गर्दा सरकारले आयुर्वेदिक पद्धतिलाई प्राथमिकतामै राखेको छैन। एलोपेथी नै सबैथोक हो भन्नेतर्फ सरकारको ध्यान गएको छ। तर कोभिडको बेला आयुर्वेदले ठुलो भूमिका खेलेको छ। त्यो सरकारले बुझ्नु जरुरी छ। त्यसैले जति एलोप्याथिक क्षेत्रलाई सरकारले माया गरेको छ त्यही अनुपातमा आयुर्वेद क्षेत्रलाई पनि माया गर्नुपर्छ। यो क्षेत्रमा लगानी बढाउनुपर्छ।

थप केही सुझाव छन् कि ?
आयुर्वेदिक उपचार पद्धति नेपालको मौलिक विधि हो। यो हाम्रो दिनचर्या, खानपान, रहनसहन र जीवनयापनसँगै जोडिएको छ। यसलाई कुनै न कुनै रुपले हामीले अंगालेकै छौं। हामीले यसलाई माया गर्नुपर्छ। यो जोगिएको खण्डमा हाम्रो पूर्वीय सभ्यता जोगिन्छ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ७ : ४४ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार