एसीसी महिला प्रिमियर कप : हङकङद्वारा नेपालसामु ९४ रनको लक्ष्य « Khabarhub

एसीसी महिला प्रिमियर कप : हङकङद्वारा नेपालसामु ९४ रनको लक्ष्य


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला प्रिमियर कपअन्तर्गत पहिलो खेलमा हङकङले नेपालसामू ९४ रनको लक्ष्य दिएको छ । मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनायो ।

हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन् । यस्तै, मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाइन् ।

नेपालकी पूजा महतो र रुविना क्षेत्रीले दुई–दुई तथा कविता जोशी र सीता रानामगरले एक–एक विकेट लिए ।

नेपाली टोलीमा इन्दु बर्मा, अप्सरी बेगम, डली भट्ट, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, पुजा महतो र रोमा थापा रहेका छन् ।

जारी प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा हङकङ, भुटान र माल्दिभ्स पनि छन् ।

एसीसी वुमन्स प्रिमियर कपमा १६ देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कुवेत, म्यान्मार, सिङ्गापुर र थाइल्याण्ड छन् ।

समूह ‘बी’ मा चीन, जापान, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) रहेका छन् । यस्तै समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, मलेसिया र कतार रहेका छन् ।

हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल्ने दुई टोलीले यसै वर्ष वुमन्स एसिया कप खेल्न पाउनेछन् । सेमिफाइनल पुग्ने चार टोली आगामी वर्ष एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ३७ बजे

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा