मेटाले बन्द गर्‍याे इरानी सर्वोच्च नेताको इन्स्टाग्राम र फेसबुक खाता « Khabarhub

मेटाले बन्द गर्‍याे इरानी सर्वोच्च नेताको इन्स्टाग्राम र फेसबुक खाता


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

क्यार्लिफोनिया– ३५ वर्षदेखि इरानको सत्तामा रहेका आयतोल्लाह अली खामेनीको सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुक अकाउन्ट मेटाले ब्लक गरेको छ ।

मेटा कम्पनीका एक अधिकारीले यसको पुष्टि गरेका छन् । खाताहरू ब्लक गर्नुको कारण मेटा दिशा निर्देशहरूको उल्लङ्घन भनिएको छ। मेटाका अनुसार खामेनीले लामो समयदेखि सामाजिक सञ्जालमार्फत इजरायल र गाजा युद्धमा हमासलाई खुलेर समर्थन गर्दै आएका थिए ।

एक रिपोर्टका अनुसार अयातोल्लाह अली खामेनीले गाजामा इजरायलको आक्रमणको विरोध गरिरहेका थिए। अर्कोतर्फ, यमनका हुथी विद्रोहीहरूले लाल सागरमा जहाजहरू विरुद्ध प्यालेस्टाइनको आक्रमणलाई खुलेर समर्थन गरिरहेका थिए।

अमेरिकाले यी संगठनहरूलाई आतंकवादी संगठन घोषणा गरेको छ । यसका कारण मेटाले खामेनीका दुई सामाजिक सञ्जाल प्लेटफर्महरू ब्लक गरिदिएको हो । तर, अहिले पनि खामेनीले एक्स ह्यान्डल भने चलाइरहेका छन् ।

मेटाका एक अधिकारीका अनुसार अमेरिकी कम्पनी मेटाले आफ्नो प्लेटफर्मका लागि धेरै नीतिहरू बनाएको छ । यदि उल्लङ्घन भएमा खाता ब्लक गरिन्छ ।

मेटाका प्रवक्ताले भने कि अमेरिकाद्वारा खतरनाक भनी तोकिएका संस्था र व्यक्तिहरूको समर्थनमा पोस्ट गर्नु मेटाको नीतिको विरुद्ध हो । बारम्बार नीति उल्लङ्घन गरेको भन्दै खामेनीको खाता हटाइएको हो । यसको नीतिको अंशको रूपमा मेटाले आफ्नो प्लेटफर्मबाट हिंसक बयान दिने वा हिंसामा संलग्न हुने संस्था वा व्यक्तिहरूलाई हटाउँछ।

यसबाहेक इरानी विपक्षी र इजरायली समर्थकहरूले पनि खामेनीको सामाजिक सञ्जाल अकाउन्टमाथि प्रतिबन्ध लगाउन धेरै पटक माग गरेका थिए। यसैलाई ध्यानमा राख्दै मेटा खामेनीमाथि कारबाही गरिएको हो ।

मेटाका अनुसार खामेनीको फारसी खातामा ५.१ मिलियनभन्दा बढी फलोअर्स थिए भने उनको अंग्रेजी भाषाको खातामा २ लाखभन्दा बढी फलोअर्स थिए ।

इरानी सरकारका पूर्व सल्लाहकार मोहम्मद मरान्डीले मेटाको यो कार्यलाई कपट भनेका छन् । इरानी सल्लाहकारले भने, मेटाले हामीजस्ता धेरै व्यक्तिहरूको खाता बन्द गरेको छ अर्कोतर्फ इजरायललाई समर्थन गर्ने व्यक्तिहरूको खाता बन्द गरिएको छैन।’

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : ०५ बजे

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थानान्तरण गरिने

रतुवा खोलामा बोराभित्र भेटिएकी युवतीको पहिचान खुल्यो

झापा- झापाको दमकस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र बाँधिएको अवस्थामा मृत

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती– चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा पहिले

लेबनानको अवस्थाप्रति जर्मनीको गम्भीर चिन्ता

एजेन्सी– जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले दक्षिणी लेबनानमा इजरायली सेनाको थप

अर्थमन्त्री भन्छन् : बजेटमार्फत् धेरै सुधारका प्रयास भएको छ, भ्रम छर्ने काम बन्द गरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी