एसीसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात, हङकङ ८ विकेटले पराजित « Khabarhub

एसीसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात, हङकङ ८ विकेटले पराजित


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला प्रिमियर कप अन्तर्गतको खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।

मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा आज भएको समूह चरणको पहिलो खेलमा नेपालले हङकङमाथि ८ विकेटको जित निकालेको हो ।

हङकङले जितका लागि दिएको ९४ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाइन् । यस्तै सीता राना मगरले ३६ रन जोडिन् ।

हङकङका लागि इक्रा सहर र चान का यिंग क्यारीले समान एक–एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ बनाएको थियो ।

हङकङका लागि कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् । यस्तै, मर्यम बिबीले १८, यास्मिन दस्वानीले १५, नताशा माइल्सले ११ रन बनाए ।

नेपालकी रुबिना क्षत्री र पुजा महतोले २–२ तथा सीता राना मगरले १ विकेट लिइन् ।

एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ ।

फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्ने छन् । यस्तै सेमिफाइनल पुग्ने चार टोलीले इमर्जिङ एसिया कप खेल्ने छन् । नेपाल रहेको समूह ‘डी’ मा हङकङ, माल्दिभ्स र भुटान छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : ३० बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि