क्यानाडाले नेपाललाई दियो २ सय ८६ रनको लक्ष्य « Khabarhub

क्यानाडाले नेपाललाई दियो २ सय ८६ रनको लक्ष्य


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ ।

एक दिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनायो ।

क्यानाडाका लागि आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । ६२ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे । त्यसैगरी नवनित धलिवालले ४६, श्रेयस मोभ्भाले ४० रन जोडे । परगत सिंहले ३८ रन बनाए ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सराफले एक-एक विकेट लिए ।

तीन खेलको सिरिजमा नेपाल १-० ले अगाडि छ । पहिले खेलमा नेपालले क्यानाडालाई ७ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १ : १७ बजे

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत