हाइटीमा भएको सामूहिक हिंसामा एक हजारभन्दा बढी हताहत « Khabarhub

हाइटीमा भएको सामूहिक हिंसामा एक हजारभन्दा बढी हताहत


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रबार हाइटीका प्रमुख सहरहरूमा बढ्दो अशान्तिको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।  जनवरीमा एक हजार १०० भन्दा बढी व्यक्ति हताहत भएका छन् ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले संयुक्त अधिकारीलाई उद्धृत गर्दै राजधानी पोर्ट-ओ-प्रिन्स र अन्य प्रमुख सहरहरूमा हताहतको सङ्ख्या दुई वर्षमा सबैभन्दा बढी रहेको जनाएको छ ।

पछिल्लो समयमा, प्रदर्शनहरूको बिचमा घातक हिंसाको कारण मानवीय कार्यहरूमा ठूलो अवरोध ल्याएको छ । यसले अप्ठेरोमा परेका नागरिकहरूलाई घटनास्थलमा सहयोग गर्ने पुग्ने योजनालाई असर गरेको ओसिएएचएले  जनाएको छ । हिंसाबाट देशभरी तीन लाख १३ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

सडक अवरोध र आवागमन प्रतिबन्धले स्वास्थ्य सेवाकर्मीहरूलाई असर गर्ने तथा आवश्यक सामाजिक सेवाहरूको पहुँचमा सम्झौता गर्नु पर्ने मानव अधिकारकर्मीले बताएका छन् । उनीहरूका अनुसार सडक र बन्दरगाहसम्म पुग्न कठिनाइ हुँदा जीवन-रक्षक राहतको वितरणलाई पनि असर गरेको छ । 

विभागको एउटा मानवीय संस्थालाई पनि लुटिएकाले आगामी दिनमा यसको सञ्चालनमा ठुलो असर पार्ने कार्यालयले जनाएको छ ।  

जनवरीको मध्यसम्ममा पोर्ट-ओ-प्रिन्स र अन्य शहरी क्षेत्रसहित राष्ट्रव्यापी रूपमा एक हजारभन्दा बढी विद्यालयहरू विरोध कार्यक्रम र प्रदर्शनका कारण अस्थायी रूपमा बन्द गरिएको थियो ।

ओसिएचएले देशमा हिंसाले खाद्यान्नको मूल्य लगभग २५ प्रतिशतले बढेको बताएको छ । 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १ : १९ बजे

रवि-बालेन एकतापछि बस्नेतको प्रतिक्रिया- नगर चलाउन नसक्नेले देश चलाउने भ्रम पाल्नु हुन्न

काठमाडौं – नेकपा (एमाले)का सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

सेती पुलको निरीक्षणमा मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र