इक्वेडरमा २९ वर्षीया काउन्सिलरको गोली हानी हत्या | Khabarhub Khabarhub

इक्वेडरमा २९ वर्षीया काउन्सिलरको गोली हानी हत्या


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

इक्ववेडर इक्वेडरमा एक जना काउन्सिलरको गोली हानी हत्या गरिएको छ ।  

गुयासको नारञ्जलमा सडकको खराब अवस्थाबारे भिडियो खिच्दै गर्दा २९ वर्षीया डायना कार्नेरोमाथि आक्रमण भएको थियो । मोटरसाइकलमा आएका दुई संदिग्धहरूले डायनाको टाउकोमा गोली हानेका थिए।

प्रहरीले भने,  ‘मोटरसाइकलमा आएर दुईजना शंकास्पद व्यक्तिले उनको टाउकोमा गोली हानेर भागेका थिए ।’ त्यसपछि उनलाई हतार हतार अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा हालसम्म कसैलाई पक्राउ नगरेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डायनाको हत्याले देशभर शोकको लहर ल्याएको छ। पूर्व राष्ट्रपति राफेल कोरियाले पोस्ट गरे, ‘डायना मात्र २९ वर्षकी थिइन्। यो एक दुःस्वप्न जस्तै छ। जब तपाईँका छोराछोरीहरू यो उमेरका हुन्छन्, तपाईंले बुझ्नुहुन्छ कि तिनीहरूका आमाबाबुले यस समयमा के गुज्रिरहेका छन्।’

ग्वायाकिलका डेपुटी मेयर ब्लान्का लोपेजले पनि ट्विटरमा लेखेका छन, ‘यसको अन्त्य हुनैपर्छ, हाम्रा क्यान्टोन, प्रान्त र देशका लागि राम्रो दिन चाहनुको मतलब हाम्रो जीवनलाई जोखिममा पार्नु हुँदैन।’

डायना कार्नेरोको मृत्यु राजनीतिक हिंसाको श्रृंखलामा नयाँ घटना हो। संगठित अपराध समूहहरूद्वारा हुने हिंसा बढ्दै गएपछि राष्ट्रपति ड्यानियल न्गोबोआले गत महिना देशमा संकटकालको घोषणा गरेका थिए। ती आपराधिक समुहले राति ११ बजे पछि जो कोही बाहिर भेटिएलाई ‘फाँसी’ दिइने चेतावनी दिएका थिए।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  २ : १७ बजे

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको