१ सय २४ किलो गाँजासहित २ जना पक्राउ | Khabarhub Khabarhub

१ सय २४ किलो गाँजासहित २ जना पक्राउ


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरान उपमहानगरपालिका-११ रिटिङ टोलबाट अवैध लागूऔषध गाँजा १ सय २४ किलोसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ रिटिङ टोल बस्ने १९ वर्षीय मौसम राई र सोही उपमहानगरपालिका-११ रेसुङ्गा चोक बस्ने २२ वर्षीय अभिषेक शर्मा रहेका छन्।

मौसम राईको घर अगाडि सडकमा पार्किङ गरी राखेको दुई वटा टेम्पोलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रदेश १-०२-००३ ह ३७४ नम्बरको टेम्पोबाट ३६ किलो गाँजा फेला पारी टेम्पोका चालक मौसमलाई र को.१ ह ५०९८ नम्बरको टेम्पोबाट ८८ किलो गाँजा फेला पारी उक्त टेम्पोका चालक अभिषेकलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ६ : १६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’