घडियाल गोही संरक्षण गर्न काव्य उत्सव « Khabarhub

घडियाल गोही संरक्षण गर्न काव्य उत्सव


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – सङ्कटापन्न अवस्थमा रहेको घडियाल गोही संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ‘घडियाल काव्य उत्सव’ आयोजना गर्न लागिएको छ । देवचुली नगरपालिकामा रहेको रेडियो ह्याप्पी एफएमले घडियाल काव्य उत्सवको तेस्रो संस्करण आयोजना गरेको हो ।

स्वच्छ पानीमा विचरण गर्न रुचाउने घडियाल गोही जल प्रदूषणसँगै सङ्कटमा पर्न थालेपछि संरक्षणको सन्देश दिन घडियाल काव्य उत्सव गर्न लागिएको हो । घडियाल काव्य उत्सव देवचुलीको दुम्कौलीमा रहेको शाश्वतधाममा यही माघ २८ र २९ गते हुने सो एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताए ।

उत्सवमा संरक्षण शिक्षा, वातावरण संरक्षण, दिगो पर्यापर्यटन, जैविक विविधता, चरा–नदी पर्यटन, प्राकृतिक र साहित्यका विषयमा विभिन्न वक्ताहरूसँग समूहगत छलफल गरिने जनाइएको छ ।

दुई दिनसम्म सञ्चालन हुने उत्सवमा ‘पृथ्वीका अन्तिम डायनासोरः घडियाल’, ‘नवलपुरमा पर्यटनः हिजो, आज र भोलि’, ‘अबको विकासःमनस्थिति र परिस्थिति’, ‘आँगनीमा लिट्–नेचर’, ‘प्रकृति, पर्यटन र साहित्य’, ‘मौलाकालिकादेखि त्रिवेणीः सानो जिल्लाको विराटता’, ‘सिने पर्यटनःनवलपरासीदेखि नवलपुरसम्म’, ‘गोलमेच पालिका बहसः लगाव र लगानी’लगायतका शीर्षकमा समूहगत छलफल गरिने छ । समूहगत छलफलमा संरक्षणकर्मी, साहित्यकार, लेखक, पत्रकार, जनप्रतिनिधि, रङ्गकर्मी, कलाकारलगायतले भाग लिने बताइएको छ ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा रामचन्द्र कँडेल, गाउँपालिका महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, साहित्यकार अमर न्यौपाने, लेखक ददि सापकोटा, कलाकार प्रमोद अग्रहरी, सिनेकर्मी देव भुसाल, साहित्यकार एलबी क्षेत्री, धनराज गिरी, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा, गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास समिति त्रिवेणीका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसाल, पालिका प्रमुखहरूसहितको उपस्थिति रहने बताइएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण विश्वबाटै लोप हुने अवस्थामा पुगेको अति सङ्कटापन्न घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव आयोजना गर्न गरिएको भन्दै प्रबन्ध निर्देशक कडरियाले पर्यापर्यटन, जैविक विविधता, दिगो पर्यटन, संरक्षण र संवर्द्धनका विविध आयाम समेटिने बताए ।

काव्य उत्सवमा आयोजना गरिएको बहस तथा काव्य वाचनबाट घडियाल संरक्षणको मुख्य सन्देश दिँदै नेपाली साहित्यको श्रीवृद्धि र संवर्द्धनमा टेवा दिन, ओझेलमा परेका साहित्यकारलाई एउटै थलोमा जोड्ने वातावरण बनाउन र नयाँ पुस्तालाई साहित्यको क्षेत्रमा थप अगाडि ल्याउने वातावरणको सिर्जना गर्नेसमेत कार्यक्रमको उद्देश्य रहेको उनले बताए।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ८ : ४० बजे

पाकिस्तानी प्रधानमन्त्री चीनमा, ‘साझा चासोका विषयमा’ छलफल हुने

बेइजिङ– इरान युद्धका कारण चार दिने भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री

सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

नारायणगढ– भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घर

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए

काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जलेश्वर – विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो