एसियन कप फाइनल : कतारलाई सुरुवाती अग्रता | Khabarhub Khabarhub

एसियन कप फाइनल : कतारलाई सुरुवाती अग्रता


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एसियन कप फुटबलको फाइनलमा जोर्डनविरुद्ध कतारले सुरुवाती अग्रता लिएको छ । खेलको २२ औं मिनेतमा कतारका लागि अक्रम अफिफले पेनाल्टी मार्फत गोल गरेका हुन् ।

कतारले सेमिफाइनलमा इरानलाई ३–२ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलको यात्रा तय गरेको हो । डिफेन्डिङ च्याम्पियन रहेको कतार ११औँ पटक एसियन कप खेलिरहेको छ ।

सन् २००० र २०११ मा क्वाटरफाइनलसम्म पुगेको कतारले सन् २०१९ मा एसियन कपको उपाधि जितेको थियो र आज दोस्रो पटक एसियन कपको फाइनल खेल्दै छ ।

त्यस्तै जोर्डनले सेमिफाइनलमा दक्षिण कोरियालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जोर्डन एसियन कपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । जोर्डन यसअघि २००४ र २०११ मा क्वाटरफाइनलसम्म पुगेको थियो । जोर्डन पाँचौँ पटक एसियन कप खेलिरहेको छ ।

एसियन कप फुटबलको विजेताले ५ मिलियन डलर नगद पुरस्कार रकम पाउने छ भने उपविजेताले ३ मिलियन डलर नगद पुरस्कार पाउने छ ।

त्यस्तै एसियन कपको सेमिफाइनलमा पराजित भएका इरान र दक्षिण कोरियाले एकएक मिलियन डलर पाउने छन् भने प्रतियोगितामा सहभागी हरेक देशले २ लाख डलर नगद पाउने छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : १५ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले