एपीएफले जित्यो मकवानपुर गोल्डकप « Khabarhub

एपीएफले जित्यो मकवानपुर गोल्डकप


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफले एनआरटीलाई हराउँदै उपाधि जितेको छ।

हेटौंडा स्थित गौरीटार रंगशालामा भएको फाइनल खेलमा निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो।

अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टी सुटआउटमा ३-३ को बराबरी भएपछि खेल सडनडेथ शूटआउटमा पुग्यो। सडनडेथको दोस्रो शूटमा एपीएफका फोफानाले निर्णायक गोल गर्दै एपीएफलाई उपाधि दिलाए।

प्रतियोगिताका एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ, डिफेन्डर कुलदीप कार्की र प्रशिक्षक सुमन श्रेष्ठ तथा एनआारटी मिडफिल्डर जय गुरुङ, फरवार्ड जोन ग्लोरी उत्कृष्ट फरवार्ड घोषित भए । उत्कृष्ट सवैले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गरे ।

एपीएफका फरवार्ड अनिष महर्जनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै उनले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् । करिब ५ लाख रुपैयाँ बराबरको मोटरसाइकल प्राप्त गरेसँगै उनी खुशीले गदगद भएका थिए । केही महिना अगाडिदेखि मात्रै एपीएफमा अनुबन्धित भएका उनले प्रतियोगितामा दुई गोल गरेका थिए । उनी हेटौंडाकै हुन् ।

पर्शुराम गौतम स्मृति प्रतिष्ठानले सर्वोत्कृष्ट खेलाडीका लागि प्रायोजन गरेको थियो । आयोजकले वर्षेनी सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ३२ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का