एपीएफले जित्यो मकवानपुर गोल्डकप | Khabarhub Khabarhub

एपीएफले जित्यो मकवानपुर गोल्डकप


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफले एनआरटीलाई हराउँदै उपाधि जितेको छ।

हेटौंडा स्थित गौरीटार रंगशालामा भएको फाइनल खेलमा निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो।

अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टी सुटआउटमा ३-३ को बराबरी भएपछि खेल सडनडेथ शूटआउटमा पुग्यो। सडनडेथको दोस्रो शूटमा एपीएफका फोफानाले निर्णायक गोल गर्दै एपीएफलाई उपाधि दिलाए।

प्रतियोगिताका एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ, डिफेन्डर कुलदीप कार्की र प्रशिक्षक सुमन श्रेष्ठ तथा एनआारटी मिडफिल्डर जय गुरुङ, फरवार्ड जोन ग्लोरी उत्कृष्ट फरवार्ड घोषित भए । उत्कृष्ट सवैले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गरे ।

एपीएफका फरवार्ड अनिष महर्जनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै उनले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् । करिब ५ लाख रुपैयाँ बराबरको मोटरसाइकल प्राप्त गरेसँगै उनी खुशीले गदगद भएका थिए । केही महिना अगाडिदेखि मात्रै एपीएफमा अनुबन्धित भएका उनले प्रतियोगितामा दुई गोल गरेका थिए । उनी हेटौंडाकै हुन् ।

पर्शुराम गौतम स्मृति प्रतिष्ठानले सर्वोत्कृष्ट खेलाडीका लागि प्रायोजन गरेको थियो । आयोजकले वर्षेनी सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ३२ बजे

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट

पोखरा महानगरले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै

गण्डकी– जेन-जी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन्

कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त

कर्णाली– कर्णाली प्रदेशमा सरकारी तथा निजी १९ वटा भौतिक संरचना