माओवादी पदाधिकारी बैठक बस्दै, राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयनको तयारी | Khabarhub Khabarhub

माओवादी पदाधिकारी बैठक बस्दै, राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयनको तयारी


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराह्न ५ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।

पदाधिकारी बैठकले आगामी मंगलबार हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि उम्मेदवारको चयन गर्ने बताइएको छ ।

कांग्रेससँगको गठबन्धन तोडेर नयाँ बनेको गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउने सहमति अनुसार माओवादीले उम्मेदवार छान्न लागेको हो ।

माओवादीमा राष्ट्रियसभा अध्यक्षका लागि हाल उपाध्यक्ष रहेकी उर्मिला अर्याल, नारायण दाहाल र झक्कुप्रसाद सुवेदी आकांक्षी रहेका छन् । तर पार्टी अध्यक्ष प्रचण्डको रोजाइमा दाहाल अगाडि छन् ।

यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने केही खुलाएको छैन । नयाँ सत्ता समीकरण बन्नु अघि नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बन्ने चर्चा रहेको थियो । तर समीकरण परिवर्तन भएपछि कांग्रेसले कुनै निर्णय गरेको छैन ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता र मंगलबार मतदानको तयारी रहेको छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ८ : २१ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ