इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल शीर्षस्थानमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल शीर्षस्थानमा


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई २–१ गोलले हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको हो ।

आर्सनलको जितमा डेक्लेन रिस र काइ हाभेर्टजले एक–एक गोल गरेका थिए । ब्रेन्टफोर्डका योअने विसाले एक गोल फर्काएका थिए ।

आर्सनलका डेक्लेनले खेलको १९औँ मिनेटमा सुरुवात गोल गरेका थिए । तर पहिलो हाफको इन्जुरी समयमा ब्रेन्टफोर्डका विसाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८६औँ मिनेटमा हाभेर्टजले गरेको गोलसँगै आर्सनल २–१ गोलले विजयी भयो ।

यो जितसँगै आर्सनल २८ खेलबाट ६४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुलको ६३ र तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६२ अंक छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ९ : २२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको