एनएमबी बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण सम्बन्धी योजना सार्वजनिक « Khabarhub

एनएमबी बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण सम्बन्धी योजना सार्वजनिक


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबी बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जीईएसआई) योजना सार्वजनिक गरेको छ ।

उक्त नीतिले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्साहन गरेकाे बैंकले जनाएको छ ।

बैंकका अनुसार  जीईएसआईले समग्र बैंकिङ प्रणाली लगायत कर्मचारी, ग्राहक र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुर्‍याउने छ ।

बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण जीईएसआई योजना कार्यान्वयन गर्दै, महाराजगञ्ज, ठैब, नक्साल, महेन्द्रचोक, लुभु र वीरगञ्ज स्थित शाखाहरूमा फरक ढङ्गले सक्षम ग्राहकलाई व्हिलचेर र्‍याम्प स्थापना गरेको छ । साथै महिला नेतृत्व विकास गर्न देश भरी महिला नेतृत्व वुमन लिडरसीप कार्यक्रम समेत सुरुवात गरिसकेको बैंकले जनाएको छ ।

बैंकले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ । साथै सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ ।

बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबी बचत खाता, पाथीभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरू चल्तीमा ल्याइसकेको छ ।

एनएमबि बैंकले हाल देश भरी २०१ शाखाहरू, १८३ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : ३३ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका