एनएमबी बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण सम्बन्धी योजना सार्वजनिक « Khabarhub

एनएमबी बैंकद्वारा लैङ्गिक समता र सामाजिक समावेशीकरण सम्बन्धी योजना सार्वजनिक


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबी बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जीईएसआई) योजना सार्वजनिक गरेको छ ।

उक्त नीतिले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्साहन गरेकाे बैंकले जनाएको छ ।

बैंकका अनुसार  जीईएसआईले समग्र बैंकिङ प्रणाली लगायत कर्मचारी, ग्राहक र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुर्‍याउने छ ।

बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण जीईएसआई योजना कार्यान्वयन गर्दै, महाराजगञ्ज, ठैब, नक्साल, महेन्द्रचोक, लुभु र वीरगञ्ज स्थित शाखाहरूमा फरक ढङ्गले सक्षम ग्राहकलाई व्हिलचेर र्‍याम्प स्थापना गरेको छ । साथै महिला नेतृत्व विकास गर्न देश भरी महिला नेतृत्व वुमन लिडरसीप कार्यक्रम समेत सुरुवात गरिसकेको बैंकले जनाएको छ ।

बैंकले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ । साथै सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ ।

बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबी बचत खाता, पाथीभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरू चल्तीमा ल्याइसकेको छ ।

एनएमबि बैंकले हाल देश भरी २०१ शाखाहरू, १८३ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : ३३ बजे

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत