‘पुजार सार्की’मा मैत बहादुर बनेका प्रदीप « Khabarhub

‘पुजार सार्की’मा मैत बहादुर बनेका प्रदीप


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायकहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको फिल्म  ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । निर्माण पक्षले अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर आइतबार चलचित्रमा उनले निर्वाह गरेको पात्र सार्वजनिक गरेको छ ।

फिल्मका निर्देशक दिनेश राउतले प्रदीपले निर्वाह गरेको पात्रको नाम  ‘मैत बहादुर’ रहेको खुलासा गरेका हुन् । उनले सार्वजनिक गरेको दुई तस्वीरमा प्रदीप लामो कपाल, कालो टोपी लगाएर  ‘दमाहा’ बजाउँदै गरेको देख्न सकिन्छ । निर्देशक राउतले  ‘मैत बहादुर’को थर भने खुलाएका छ‍ैनन्

‘पुजार सार्की’ जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित चलचित्र रहेको निर्माण पक्षले जानकारी दिएको छ । कास्की जिल्लाको कास्कीकोमा फिल्मको छायाङ्कन भइरहेको छ ।

यस चलचित्रमा अभिनेत्री अन्जना बराइली र परीक्षा लिम्बुको प्रमुख भूमिका रहेको छ ।  किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने यो फिल्मका लेखक विकास सुवेदी हुन् भने लगानी सुवास भुसालको रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : ५६ बजे

एनसेलका ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्मको छुट

काठमाडौं– एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरूको खरिदमा ६०

विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया

सङ्खुवासभा- जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको

इजरायली सेनाद्वारा ७ महिने प्यालेस्टिनी बालकको हत्या, आमाबुबा घाइते

जेरुसलेम- इजरायलको सैन्य नियन्त्रणमा रहेको प्यालेस्टिनी भूभाग पश्चिमी किनाराको हेब्रोन

बाँकेमा हुलाकी सडक विस्तार हुँदै

नेपालगञ्ज- बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ । जिल्लाको

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन