समाजलाई जोड्न धार्मिक, सांस्कृतिक परम्परा महत्त्वपूर्ण माध्यम : पूर्वराष्ट्रपति डा. यादव | Khabarhub Khabarhub

समाजलाई जोड्न धार्मिक, सांस्कृतिक परम्परा महत्त्वपूर्ण माध्यम : पूर्वराष्ट्रपति डा. यादव


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पूर्वराष्ट्रपति डा. रामवरण यादवले समाजलाई जोड्नका लागि धार्मिक, सांस्कृतिक परम्परा महत्त्वपूर्ण माध्यमका रूपमा रहेका बताएका छन् ।

मिथिला क्षेत्रको महत्त्वपूर्ण सांस्कृतिक पर्व मिथिला माध्यामिकी परिक्रमाको आइतबार शुभारम्भ गर्दै पूर्वराष्ट्रपति डा यादवले माध्यमिकी परिक्रमा मिथिलाको सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएकाले यसले समाजलाई जोड्ने काम गरिरहेको बताए ।

‘मिथिलाको सांस्कृतिक इतिहास हजारौँ वर्ष पुरानो छ । यो यहाँको सभ्यता र पहिचान पनि हो । त्यसैले यसको संरक्षणका लागि सबैले भूमिका खेल्न जरुरी छ’, पूर्वराष्ट्रपति डा यादवले भने ।

कार्यक्रममा मधेस–प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले मिथिला माध्यमिकी परिक्रमा क्षेत्रको व्यवस्थित विकासका लागि गुरुयोजना बनाएर काम गर्ने गरी प्रक्रिया अगाडि बढेको बताइन् । उनले परापूर्वकालदेखि चलिआएको माध्यमिकी परिक्रमा संस्कृतिलाई व्यवस्थित बनाउन, परिक्रमा क्षेत्रका ऐतिहासिकस्थललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पदाका रूपमा विकास गर्नुपर्ने आवश्यकतासमेत औँल्याइन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार नन्दकिशोर यादव, मिथिला बिहारी नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद यादवलगायतले मिथिला मध्यमिकी परिक्रममास्थल वडा नं ८ कचुरीस्थित मिथिला बिहारी मन्दिरको संरक्षण र विकासका लागि सबै तहका सरकार र निकायलाई आग्रह गरे ।

नेपाल ११ र भारतका चारसहित विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गर्ने यो पर्वलाई यहाँ विशेष महत्वका साथ लिने गरिन्छ । ‘जय सियाराम जय जय सियाराम’ को मन्त्रसहति आज धनुषाको मिथिला विहारी मन्दिरबाट झाँकी, कीर्तनसहित श्रद्धालुहरूले यात्रा प्रारम्भ गरे ।

सहभागीहरूले परम्परागत बाजागाजा, झाँकीसहित मौलिक पहिरनमा सहभागी भएका छन् । अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आइएको र यो धार्मिक यात्रा १५ दिनभित्र जनकपुरमा होली खेलेर फागु पूर्णिमा तिथि पारेर समापन गर्ने परम्परा रहेको मिथिला विहारी मन्दिरका महन्थ रामनरेश शरणले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ३ : ४४ बजे

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको

क्यान्सरको महँगो औषधी निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय  

काठमाडौं– क्यान्सरको उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा

नेपाल र रुवाण्डाबीच लगानी साझेदारीको सम्भावना : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल