समाजलाई जोड्न धार्मिक, सांस्कृतिक परम्परा महत्त्वपूर्ण माध्यम : पूर्वराष्ट्रपति डा. यादव « Khabarhub

समाजलाई जोड्न धार्मिक, सांस्कृतिक परम्परा महत्त्वपूर्ण माध्यम : पूर्वराष्ट्रपति डा. यादव


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पूर्वराष्ट्रपति डा. रामवरण यादवले समाजलाई जोड्नका लागि धार्मिक, सांस्कृतिक परम्परा महत्त्वपूर्ण माध्यमका रूपमा रहेका बताएका छन् ।

मिथिला क्षेत्रको महत्त्वपूर्ण सांस्कृतिक पर्व मिथिला माध्यामिकी परिक्रमाको आइतबार शुभारम्भ गर्दै पूर्वराष्ट्रपति डा यादवले माध्यमिकी परिक्रमा मिथिलाको सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएकाले यसले समाजलाई जोड्ने काम गरिरहेको बताए ।

‘मिथिलाको सांस्कृतिक इतिहास हजारौँ वर्ष पुरानो छ । यो यहाँको सभ्यता र पहिचान पनि हो । त्यसैले यसको संरक्षणका लागि सबैले भूमिका खेल्न जरुरी छ’, पूर्वराष्ट्रपति डा यादवले भने ।

कार्यक्रममा मधेस–प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले मिथिला माध्यमिकी परिक्रमा क्षेत्रको व्यवस्थित विकासका लागि गुरुयोजना बनाएर काम गर्ने गरी प्रक्रिया अगाडि बढेको बताइन् । उनले परापूर्वकालदेखि चलिआएको माध्यमिकी परिक्रमा संस्कृतिलाई व्यवस्थित बनाउन, परिक्रमा क्षेत्रका ऐतिहासिकस्थललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पदाका रूपमा विकास गर्नुपर्ने आवश्यकतासमेत औँल्याइन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार नन्दकिशोर यादव, मिथिला बिहारी नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद यादवलगायतले मिथिला मध्यमिकी परिक्रममास्थल वडा नं ८ कचुरीस्थित मिथिला बिहारी मन्दिरको संरक्षण र विकासका लागि सबै तहका सरकार र निकायलाई आग्रह गरे ।

नेपाल ११ र भारतका चारसहित विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गर्ने यो पर्वलाई यहाँ विशेष महत्वका साथ लिने गरिन्छ । ‘जय सियाराम जय जय सियाराम’ को मन्त्रसहति आज धनुषाको मिथिला विहारी मन्दिरबाट झाँकी, कीर्तनसहित श्रद्धालुहरूले यात्रा प्रारम्भ गरे ।

सहभागीहरूले परम्परागत बाजागाजा, झाँकीसहित मौलिक पहिरनमा सहभागी भएका छन् । अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आइएको र यो धार्मिक यात्रा १५ दिनभित्र जनकपुरमा होली खेलेर फागु पूर्णिमा तिथि पारेर समापन गर्ने परम्परा रहेको मिथिला विहारी मन्दिरका महन्थ रामनरेश शरणले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ३ : ४४ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका