पशुपतिका साधुसन्तलाई स्तरअनुसारकाे दक्षिणा « Khabarhub

पशुपतिका साधुसन्तलाई स्तरअनुसारकाे दक्षिणा


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधु सन्तलाई आज दक्षिणासहित बिदाइ सुरु गरिएको छ ।

आज बिहान ११ बजेदेखि साधुसन्त बिदाइको कार्यक्रम सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए ।
उनका अनुसार साधु सन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गर्न लागिएको हो ।

उनले बाबाहरूलाई स्तरअनुसार एक हजारदेखि नौ हजारसम्म दिन लागिएको बताए ।

पशुपति क्षेत्र विकास कोषले स्वदेश तथा विदेशबाट आएका साधुहरूलाई पाशुपत क्षेत्रमा खिर खुवाएर, दान भेटी, मिष्ठान्नप्रसाद दिएर बिदा गर्ने चलन रहेको जनाएको छ । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरूलाई दक्षिणा दिने प्रचलन छ ।

नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ३ : ५७ बजे

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय