राष्ट्रियसभामा बजेटको सिद्धान्त र प्राथमिकता बारे छलफल « Khabarhub

राष्ट्रियसभामा बजेटको सिद्धान्त र प्राथमिकता बारे छलफल


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ ।

बैठकमा राष्ट्रियसभा सदस्यहरूले राष्ट्रिय आवश्यकता तथा आकांक्षाको पहिचान गरी बजेट तर्जुमा गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा समिति सदस्य सांसद सुरेशकुमार आलेमगरले ऊर्जा, कृषि र पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर बजेटको सिद्धान्त र प्राथमिकतामा बनाइनुपर्ने बताए ।

सत्तासमिकरणको विषयलाई राजनीतिमा स्वाभाविक रूपमा लिनुपर्ने भन्दै कसैले असन्तुष्ट व्यक्त गर्न नपर्ने उनले बताए । उनले आफूसँग हुँदा इमानदार र नहुँदा बेइमान भन्न नमिल्ने धारणा राखे ।

त्यस्तै अर्का सदस्य जगतबहादुर पार्कीले मुलुकको आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर नयाँ समीकरण बनेको भन्दै यसले देशको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । उनले आगामी आर्थिक वर्षको बजेट बनाउँदा मुलुकको आर्थिक, शिक्षा स्वास्थ्य, रोजगारलगायतका अवस्थाको गम्भीर विश्लेषण गरेर तयार पारिनुपर्ने धारण राखे ।

त्यस्तै राष्ट्रियसभा सदस्य युवराज शर्माले कांग्रेससंगको सहकार्यमा प्रधानमन्त्रीले कांग्रेसप्रति लगाएका आरोप सत्य नभएको बताए । उनले न्यून राजस्व सङ्कलन, पुँजीगत खर्चमा न्यूनता, लगानीमा कमी र बढ्दो सार्वजनिक ऋण, घट्दो बजार मागलगायतका समस्या देखिएको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ४ : ३७ बजे

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र