माओवादीबाट राष्ट्रियसभा उम्मेदवारमा नारायण दाहाल « Khabarhub

माओवादीबाट राष्ट्रियसभा उम्मेदवारमा नारायण दाहाल


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्षका लागि माओवादीले नारायण दाहाललाई अगाडि सारेको छ । आइतबार बसेको माओवादी पदाधिकारी बैठकले उनलाई अध्यक्षमा अगाडि सार्ने भएको हो ।

माओवादी एक पदाधिकारीले खबरहबलाई भने, ‘सिनियर नेता दाहाललाई उम्मेदवार बनाएका छौँ ।’फागुन २१ मा बनेको नयाँ गठबन्धन सरकारले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीलाई अध्यक्ष दिने सहमति भएको थियो ।

यो सँगै माओवादीबाट तीन पात्र अगाडि सारेको थियो तर प्रचण्डको चाहानामा दाहाल थिए । स्थायी कमिटी बैठकमा नारायण दाहाल, झक्कु सुवेदी र हालका राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको नाम चर्चामा थियो तर दाहालको नाम फाइनल भएको हो । यता सिनियर नेताहरुरले भने नारायण दाहाललाई नै अध्यक्ष बनाउनुपर्ने मत जाहेर गरेका थिए । दहाल नाताले प्रधानमन्त्री प्रचण्डका भाइ हुन्  ।

अध्यक्ष प्रचण्ड निकट नेताले भने, ‘सिनियर र अवसर नपाएका नेता हुनाले दाहाल आउनु भएको हो । .’ नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले माओवादीले उठाएको उम्मेदवारलाई भोट हाल्नुपर्ने गठबन्धनको निर्णय छ । उनको पक्षको मत भार पनि बलियो छ ।

याे पनि…

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ६ : ३७ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ