नाम परिवर्तनगरी बालिका केरला लग्दै गरेका मोहम्मद भारतमा पक्राउ « Khabarhub

नाम परिवर्तनगरी बालिका केरला लग्दै गरेका मोहम्मद भारतमा पक्राउ


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

रौतहट– नाम परिवर्तन गरी नेपाली बालिकालाई भारतको केरला लैजान लागेका वीरगञ्जका एकजना मुस्लिम समुदायका युवक भारतको उत्तराखण्डबाट पक्राउ परेका छन् ।

१४ वर्षीय बालिकालाई नक्कली माया प्रेममा फसाएर केरला लागिरहेका वीरगञ्जका स्थानीय वर्ष २६ का मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ।

भारतको उत्तराखण्ड भीम तालबाट अन्सारी पक्राउसँगै बालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिएका छन् ।

बालिकालाई सोधपुछ गर्दा अन्सारीले आफूलाई केरला लैजाने चाहेको बयान दिएपछि उत्तराखण्ड प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर शर्माले बताएका छन् ।

अन्सारीले नाबालिगसँग इन्स्टाग्राम मार्फत चिनजान गरेका थिए। आफ्नो वास्तविक नाम लुकाएर युवतीलाई मुन्ना महतो बताएका थिए ।

इस्राफिलले संयोग बस एक दिन आफ्नो मोबाइल घरमा बिर्सेको समय उनका एक जना आफन्तले फोन गरेर इस्राफिल कहाँ छ भनेर सोधेपछिमात्र आफूले उनको वास्तविक नामबारे चाल पाएको बताएकी थिइन् ।

आरोपी मोहम्मद इस्राफिल अन्सारीले सोधपुछका क्रममा यस अघि थप दुई युवतीसँग यसै गरी विवाह गरेर छोडेको बयान दिएको भारतीय प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ७ : ३८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४