नाम परिवर्तनगरी बालिका केरला लग्दै गरेका मोहम्मद भारतमा पक्राउ « Khabarhub

नाम परिवर्तनगरी बालिका केरला लग्दै गरेका मोहम्मद भारतमा पक्राउ


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

रौतहट– नाम परिवर्तन गरी नेपाली बालिकालाई भारतको केरला लैजान लागेका वीरगञ्जका एकजना मुस्लिम समुदायका युवक भारतको उत्तराखण्डबाट पक्राउ परेका छन् ।

१४ वर्षीय बालिकालाई नक्कली माया प्रेममा फसाएर केरला लागिरहेका वीरगञ्जका स्थानीय वर्ष २६ का मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ।

भारतको उत्तराखण्ड भीम तालबाट अन्सारी पक्राउसँगै बालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिएका छन् ।

बालिकालाई सोधपुछ गर्दा अन्सारीले आफूलाई केरला लैजाने चाहेको बयान दिएपछि उत्तराखण्ड प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर शर्माले बताएका छन् ।

अन्सारीले नाबालिगसँग इन्स्टाग्राम मार्फत चिनजान गरेका थिए। आफ्नो वास्तविक नाम लुकाएर युवतीलाई मुन्ना महतो बताएका थिए ।

इस्राफिलले संयोग बस एक दिन आफ्नो मोबाइल घरमा बिर्सेको समय उनका एक जना आफन्तले फोन गरेर इस्राफिल कहाँ छ भनेर सोधेपछिमात्र आफूले उनको वास्तविक नामबारे चाल पाएको बताएकी थिइन् ।

आरोपी मोहम्मद इस्राफिल अन्सारीले सोधपुछका क्रममा यस अघि थप दुई युवतीसँग यसै गरी विवाह गरेर छोडेको बयान दिएको भारतीय प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ७ : ३८ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ