उच्च अदालत दिपायलका रजिष्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर « Khabarhub

उच्च अदालत दिपायलका रजिष्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विशेष अदालत काठमाडौँले उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतले आज उनलाई रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको विशेष अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “रकम हिनामिना गरी भ्रष्टाचार गरेको भेटिएकाले कटवाललाई नौ महिना कैद र रु चार लाख ९८ हजार नौ सय ९५ जरिवाना तथा बिगो बमोजिम रकम असुलउपरसमेत हुने फैसला भएको छ ।”

विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको इजालसले कटवाललाई दोषी ठहर गरेको हो ।

कटवालले विभिन्न शीर्षकमा अदालतबाट करिब रु पाँच लाख हिनामिना गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १६ गते मुद्दा दायर गरेको उपरजिष्ट्रार तथा प्रवक्ता कार्कील बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ९ : २४ बजे

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको