‘सानो कुरामा डर लाग्नु मानसिक रोगको संकेत’ | Khabarhub Khabarhub

‘सानो कुरामा डर लाग्नु मानसिक रोगको संकेत’


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सबै मानिस कुनै न कुनै चिजसँग डराउने गर्छन्। डर आफैँमा एक वास्तविक वा अस्वभाविक खतराको मानसिक प्रतिक्रिया हो। मानिसका लागि डर सामान्य कुरा हो। तर हामीले यसलाई बेवास्ता गर्यौं भने यो गम्भीर मानसिक रोग बन्नसक्छ। चिकित्सकका अनुसार मानसिक रोगमध्ये फोबिया आम मानिसमा देखिने गरेको छ। समयमै उपचार गरेमा यो पूर्ण रुपमा निको पनि पार्न सकिन्छ। डर अर्थात् फोबिया कस्तो रोग हो ? यो के कारणले हुन्छ ? यसका लक्षण कस्ता हुन्छन् ? यसको उपचार विधि के छ ? यी र यस्तै विषयमा मनोविद् डा. सविना दाहालसँग गरिएको कुराकानीः

डर अर्थात् फोबिया कस्तो रोग हो ?
फोबिया भनेको एक किसिमको ‘एङ्जाइटी डिसअर्डर’ अन्तर्गत पर्ने रोग हो। कुनै वस्तु वा घटनासँग डर लाग्नु नै फोबिया हो। त्यो डरले आफ्नो दैनिकीमै असर पार्ने गरी स्वभावमा परिवर्तन आएको छ भने त्यसलाई ‘फोबिक एन्जाइटी डिसअर्डर’ भनिन्छ। यो एक प्रकारको मानसिक रोग हो।

डरले आफ्नो दैनिकीमै असर पार्ने गरी स्वभावमा परिवर्तन आएको छ भने त्यसलाई ‘फोबिक एन्जाइटी डिसअर्डर’ भनिन्छ। यो एक प्रकारको मानसिक रोग हो।

यो के कारणले हुन्छ ?
यसका विभिन्न कारण छन्। यो समस्या बायोलोजिकल, साइकोलोजिकल र सोसियल फ्याक्टर सँगसँगै परिस्थितिका कारण पनि हुनसक्छ। विषेशगरी जैविक तत्त्व नै एङ्जाइटीको कारण हुनसक्छ। मानिसको मस्तिष्क र शरीरको कस्तो खालको बनावट छ, वातावरणीय कारक तत्त्वमा उसले पहिले कस्तो अवस्थाको सामना गरेको छ र त्यसले मानसिक रूपमा कस्तो आघात पारेको छ भन्ने कुराले प्रभाव पारेको हुन्छ। त्यस्तै सानो बच्चामा हामीले केही कुराप्रति डर उत्पन्न गराइदियौं भने पनि त्यसले पछि गएर फोबियाको रुप लिनसक्छ।

यसका लक्षणहरु कस्ता देखिन्छन् ?
परिस्थिति वा अवस्थासँग भाग्नु फोबिक एङ्जाइटीको मुख्य लक्षण हो। कसैलाई कुनै अवस्थासँग डर लाग्छ, तर त्यसलाई सामना गर्न खोज्छ भने त्यस्तो अवस्थालाई फोबिक एङ्जाइटी मानिँदैन। कुनै मानिससँग डराउनु वा अगाडि पर्न नखोज्नु र परिहाले मस्तिष्कले राम्ररी काम नगर्नुलाई पनि केही हदसम्म फोबिक एङ्जाइटी मान्न सकिन्छ। यसबाहेक असामान्य रूपमा पसिना आउने, असामान्य सास फेर्ने, छिटो मुटु धड्कने, काम्ने, शरीर अत्यधिक तातो वा चिसो हुने, छाती दुख्ने, पिन वा सुईले घोचेको अनुभूति हुने, मुख सुक्खा हुने, भ्रम पैदा हुने, वाकवाकी र रिंगटा लाग्ने, टाउको दुख्ने लगायत समस्या पनि आउन सक्ने सम्भावना रहन्छ।

सानो बच्चामा हामीले केही कुराप्रति डर उत्पन्न गाराइदियौं भने त्यसले पछि गएर फोबियाको रुप लिनसक्छ।

कुन उमेरमा यो रोग बढी देखिन्छ ?
यो दुई प्रकारको हुन्छ। एउटा बच्चामा हुने र अर्को ठुलो मान्छेमा हुने । तर समस्या फरकफरक हुन्छ। बच्चामा हुने भनेको कुनै जनावरसँग डर लाग्ने धेरै देखिन्छ। जसलाई एनिमल फोयिबा भनिन्छ। ठुलो मान्छेमा रगत देखेर डराउने हुन्छ। कसैकसैलाई धेरै आत्तिएर मुर्छा पर्नेसम्मको समस्या हुनसक्छ जसलाई परिस्थिति अनुसार हुने फोबिया भनिन्छ।

नेपालमा फोबियाका बिरामीको अवस्था के छ ?
यो एकदमै आम समस्या हो। उपचारका लागि आउने धेरै जना बिरामीहरु एङ्जाइटीको समस्या लिएर आउँछन्। त्यसमध्ये धेरैलाई फोबिक एङ्जाइटी डिसअर्डर भएको पाइन्छ। कसैलाई उचाइको फोबिया हुन्छ। कसैलाई फोहोर ठाउँको, कसैलाई खुला ठाउँको फोबिया हुन्छ। धेरै किसिमका फोबियाका बिरामी आउने गरेका छन्।

यसको उपचार विधि के छ ?
यसको उपचार दुई तरिका (फर्मालोजिकल र ननफर्मालोजिकल)ले गरिन्छ। फर्मालोजिकल भनेको औषधीको प्रयोगबाट हुने उपचार हो। यसको लागि धेरै औषधी पनि छन्। जुन सहजै उपलब्ध हुन्छन्। त्यस्तै अर्को भनेको ननफर्मालोजिकल यसमा विभिन्न थेरापीको माध्यमबाट उपचार गरिन्छ। मानिसको शरीरको प्रकृति र फोबिक एङ्जाइटी रोगको अवस्था हेरेर दुवै एकैसाथ वा छुट्टाछुट्टै उपचार गर्न सकिन्छ।

समयमै उपचार गर्दा यो पूर्ण रुपमा निको पार्न सकिन्छ ?
यसको उपचार अवधि अलि लामो छ। तर समयमै रोग पत्ता लगाएर उपचार गर्न सकियो भने पूर्णरुपमा निको पार्न सकिन्छ।

सानै उमेरमा फोबियाको समस्या छ र उपचार गरिएन भने ठुलो हुँदा पनि रहिरहने हुनसक्छ। जसले गर्दा समाजिक रुपमा असहज महसुस हुनसक्छ।

यसका जटिलता के के हुन सक्छन् ?
सानै उमेरमा फोबियाको समस्या छ र उपचार गरिएन भने ठुलो हुँदा पनि रहिरहने हुनसक्छ। जसले गर्दा समाजिक रुपमा असहज महसुस हुनसक्छ। त्यस्तै व्यक्तिगत जीवनमा असर गर्ने, यो समस्या रहिरह्यो भने पछि गएर हरेक कुरामा डर लाग्ने, डिप्रेसन हुने र आत्महत्या गर्नेसम्मको सोच आउने जोखिम रहन्छ।

यसबाट बच्न के गर्ने ?
बच्चालाई यदि कुनै चिजसँग डर लाग्छ भने बारम्बार उसलाई त्यसप्रति डर देखाउने काम गर्नु हुँदैन। आमा-बुवा र घरका अन्य सदस्यलाई कुनै चिजसँग फोबिया छ भने बच्चाको अगाडि त्यसलाई सामान्य रुपमा लिने र ढिलो नगरी समयमै उपचार गर्न लैजानुपर्छ । समयमै थाहा भयो भने जुनसुकै फोबियाको पनि केही हदसम्म सहजै उपचार गर्न सकिन्छ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ९ : ४९ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त