तनहुँमा सातवटा पक्की पुल तयार « Khabarhub

तनहुँमा सातवटा पक्की पुल तयार


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएर तनहुँमा गत र चालु आर्थिक वर्षमा गरी सातवटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । गत आर्थिक वर्षमा पाँच र चालु आर्थिक वर्षमा दुई गरी सातवटा मोटरेबल पुल बनेका हुन् ।

त्यस्तै ११ वटा पक्की पुल निर्माणाधीन रहेका पूर्वाधार विकास कार्यालय तनहुँका इन्जिनियर धनमाया मिश्रले जानकारी दिए ।

निर्माणाधीन पुलका लागि २२ करोड ७५ लाख बजेट विनियोजन भएकामा तीन करोड २६ लाख २१ हजार खर्च भएको छ ।

चालु आवमा ऋषिङ गाउँपालिका–५ रुपाटारस्थित लुम्दीखोलामा ३० लाखको लागतमा पुल निर्माण सम्पन्न भएको छ । त्यस्तै म्याग्दे गाउँपालिकास्थित बेलसोती मार्गको म्याग्दे खोलामा ३० लाखको लागतमा अर्को पुल बनाइएको छ ।

गत आवमा ५० लाखको लागतमा भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा ५० लाख, ऋषिङ–४ र ५ जोड्ने रुपाटार जोड्ने ज्वालाखोलामा ३० लाखमा, घिरिङ गाउँपालिका–४ नयाँटारमा तिरम्दीखोलामा ३० लाख, घिरिङ गाउँपालिका–१ द्रुपद खोलामा ३० लाख र आँबुखैरेनी गाउँपालिका–३ र ४ सिउदीखोलामा ५० लाखमा पुल बनेका हुन् ।

इन्जिनियर मिश्रका अनुसार चालु आवमा निर्माणाधीनमध्ये आँबुखैरेनी गाउँपालिका–२ र ३ जोड्ने खहरेखोलामा ७५ लाख विनियोजन गरिएको छ । दमौली बिसेघरे झापुटारस्थित सेती नदीमा चार करोडको लागतमा पुल निर्माणाधीन छ ।

शुक्लागण्डकी नगरपालिका–५ र ८ जोड्ने सेती नदीमा तीन करोड, बन्दीपुरस्थित खुदीखोलामा एक करोड, व्यास नगरपालिका–११ स्थित बुल्दीखोलामा एक करोड ५० लाख, शुक्लागण्डकी नगरपालिका–१० र भिमाद नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा एक करोड ५० लाख, म्याग्दे गाउँपालिका–४ मिन मावि पछाडि म्याग्देखोलामा एक करोड ७० लाखको लागतमा पुल निर्माणाधीन छ ।

यसैगरी, भिमाद नगरपालिका–३ बुडुवाखोलामा ४० लाख, भिमाद नगरपालिका–५ स्थित बुडुवाखोलामा एक करोड, भिमाद नगरपालिका–१ डुम्रीवेँसीमा एक करोड ४० लाख र बन्दीपुर गाउँपालिका–१ र भानु नगरपालिका–१ जोड्ने तल्लो डुम्रेमा ५० लाखको लागतमा पुल बनिरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १० : २० बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा