लामिछाने गृहमन्त्री भएदेखि सहकारी ठगीको छानबिन अवरुद्ध भयो : कांग्रेस | Khabarhub Khabarhub

लामिछाने गृहमन्त्री भएदेखि सहकारी ठगीको छानबिन अवरुद्ध भयो : कांग्रेस


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेको छ ।

आज प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामहरी खतिवडाले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको नाम देखिएकाले उनीमाथि छानबिन गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले सांसद खतिवडालाई समय दिएका थिए । खतिवडाले लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगिको छानबिन अवरुद्ध भएको दाबी समेत गरे ।

उनले सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप लगाउँदै संसदीय छानिबन आवश्यक रहेको बताए ।

सांसद खतिवडाले आफूहरुका माग सरकारले नसुनेको बताउदै सहकारीको एक अर्ब भन्दा बढी गोरखा मिडियामा लगानी भएको र सो मिडियाको प्रबन्ध निर्देशक लामिछाने रहेकाले छानबिनको माग गरेको बताए ।

उनले आफूहरुले कसैप्रति पूर्वाग्रह नराखेको बताउदै दोषी नभए छानबिनका लागि किन तयार नभएको भन्दै प्रश्न गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको प्रमुखको रुपमा बोलेर दोषी उम्काउने प्रयास गरेको आरोप लगाए । यसले सरकारले संसद चल्न नदिने नियत राखेको आशंका पैदा भएको बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १२ : ४४ बजे

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन