पानीसमेत खान पाउँदैनन् मृगस्थलीका मृग, विज्ञ भन्छन्- पशुअधिकारको हनन् भो ! | Khabarhub Khabarhub

पानीसमेत खान पाउँदैनन् मृगस्थलीका मृग, विज्ञ भन्छन्- पशुअधिकारको हनन् भो !



मृगस्थलीको इज्जत राख्न पाशुपत क्षेत्रमा थुनेर पालिएका मृगको पशुअधिकारका विषयमा प्रश्न उठेको छ । धर्मको नाम दिए अबोध पशुलाई थुनेर उसका आधारभूत हक खेलबाड गर्नु कति न्यायोचित हो ? यो प्रश्नको उत्तर कसैसंग छैन ।

पाशुपत क्षेत्रको सम्पूर्ण स्वामित्व लिएको पशुपति विकास कोषका लागि समेत मृग व्यवस्थापन घाँडो भएको छ । ४ वटाबाट शुरु मृगको संख्या अहिले १४० पुगेको छ । 

तारजालीमा घेरिएर राखिएका ती जनावरको स्वतन्त्र आहारविहारको अधिकार त छिनिएको छ नै, गर्मी बढ्दै जाँदा पेटभरि पानी पिउने सुविधाबाट समेत वञ्चित छन् । वनस्पति खाएर बाँच्ने मृग थुनिएको ठाउँमा सिरु पनि उम्रँदैन । अझ रोचक त के छ भने तिनीहरूलाई बिहान ८ बजे र बेलुका ४ बजे गरी दिनमा दुईपटक खाना खुवाइन्छ । निश्चित समयमा गयल हुने मृगले दानापानी खान पाउँदैनन् । 

रातबिहान त्यही बाटो भएर हिँड्ने स्थानीय मृगस्थलीका मृगले पर्याप्त मात्रामा पानीसमेत खान नपाएको गुनासो गर्छन् । दोलखाका सोमराज दाहालले पशुपतिमा विगत १२ वर्षदेखि कर्मकाण्ड गर्दै आएका छन् ।

उनी भन्छन्, ‘तिर्खाएर आकुल व्याकुल भएर मृग बसिरहेको देख्न सकिन्छ । यति सानो क्षेत्रफलमा मृग पाल्न नहुने उनको राय छ । ‘मृगलाई उफ्रिने, खेल्ने, दौडिने खुला ठाउँ खरबारीजस्तो ठाउँ चाहिन्छ, दाहालले भने, ‘जनावर वनमा बस्ने जात हो, यति मान्छेले उसलाई थुन्छ भने कम्तिमा उसले भरपेट खान पाउनुपर्छ ।’ तर पशुपति कोषले मेसिनलाई जस्तो निश्चित समयमा मात्रै खान दिनु निन्दनीय रहेको दाहाल बताउँछन् । 

त्यस्तै, अर्का स्थानीय पर्यटक सुदर्शन पहारीले दानापानी दिने निश्चित ठाउँ छ ।  निर्धारण गरिएको समयमा मृग पुगेन भने भोकै बस्नुपर्ने बाध्यता रहेको सुनाए । 

उनी भन्छन्, ‘म प्रायः मृगस्थली आइरहेको हुन्छु, खानेबेला सबै मृग आउँदैनन् । खाने समयमा कतै सुतिरहेका हुन्छन् ।’

‘अब गर्मी मौसम सुरु भएको छ, दिनभरमा मृगले कतिपटक पानी खान्छ वा तिर्खाउँछ ? उनी विकास कोषलाई प्रश्न गर्छन्, ‘तिर्खाएको बेला पानी खाने ठाउँको व्यवस्था गर्नुपर्दैन ? पहारीले पनि मृगले आफूले भनेको समयमा दाना त के पानीसम्म खान नपाएको गुनासो गरे ।

स्थानीय विक्रम मैनालीले पनि त्यो क्षेत्रफल जनावरको लागि निकै सानो भएको बताउँछन् । 

उनी भन्छन्, ‘पानी र दाना खाने निश्चित ठाउँ छ,  कतै झाडीमा गएर बसेको बेला खाने समय भयो छुट्छन् ।’

मृगस्थली ७५ रोपनी क्षेत्रफलमा फैलिएको छ । ‘चर्ने जनावर हो तर भित्र चर्ने ठाउँ छैन । थपक्क बस्छन्, टोलाएर बस्छन्, ‘त्यो बेला देख्दा खान पाएका रहेनछन् जस्तो देखिने मैनाली बताउँछन् । 

तर पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारी क्षेत्रफल सानो भएपनि मृगको उचित संरक्षण गरिएको दाबी गर्छन । 

उनी भन्छन्, ‘प्लाष्टिकका भाँडाहरूमा पानी संकलन गरेर राखिएको छ ।’ 

कहिलेकाँही मृगले खाएर रित्याएका भाँडा देख्दा पानी पनि खान पाएका छैनन् कि लाग्नु स्वाभाविक भएको उनले स्वीकारेका छन् । 

खबरहबसँग उनले भने ‘चना, भटमास र मकै मृगको दैनिक खान्की हो । सिजनको समयमा घाँस पनि खुवाउने गरिएको छ ।’ 

खानेकुरामा मृगलाई कुनै समस्या नभएको उनको दाबी छ ।

तर खुला जंगलमा हुर्कने जनावर सानो क्षेत्रफलमा बस्नु पर्दा समस्या परेको प्रवक्ता स्वीकार्छन् । घनाजंगल भएको बेला त्यस स्थानलाई मृगस्थली नामाकरण गरिएको थियो । 

अधिकारी भन्छन्, ‘त्यतिबेला काठमाडौंमा मानवबस्ती कम थियो । पशुपतिमा दर्शनार्थी कम थिए ।’ ‘मृग नै नराख्दा कस्तो मृगस्थली भन्लान भनेर त्यहाँ मृग पालिएको अधिकारीले बताए ।

उनी भन्छन्, ‘कुनै समय मृगस्थली सुनसान डरलाग्दो जंगल थियो । यहाँदेखि गोठाटार हुँदै गोकर्णसम्मको जंगलमा मृगहरुको जावतजावत हुन्थ्यो । पहिले बाघ पनि थियो ।’

मंन्दिरको प्राङगण नै सुनसान हुन्थ्यो । अलिकता रात परेपछि त झनै चकमन्न हुने ठाउँ हो । तर अहिले वस्ती भरिएर मृगलाई निश्चित ठाउँमा राख्नुपर्ने अवस्था आएको प्रवक्ता अधिकारीले प्रष्ट पारे । 

‘अहिले पुरै वस्तीले ढाक्यो, अहिले त रातमा पनि पशुपतिमा मानिसको चहलपहल हुन्छ’ प्रवक्ताले भने, ‘ढोका खुला राख्ने हो भने जतिबेला पनि दर्शनार्थी आउँछन् । ’

यहाँको वातावरण, पर्यावरण, प्रकृति, संस्कृति जात्रा, पर्व , संरचना र सम्पदा व्यवस्थित गर्न  कोष बनेको प्रवक्ता बताउँछन् । 

उनी भन्छन्, ‘मृगस्थलीमा दुईचार वटा भएपनि पालौं भनेर राखिएको हो ।’

२०५८ सालमा विभिन्न जातका सातवटा मृग ल्याएर राखिएको थियो । तिनैका वंश बढेर अहिले १४० पुगेको अधिकारी बताउँछन् ।

 उनी भन्छन्, ‘क्षेत्रफल सानो भएर अन्यन्त्र स्थानान्तरण गर्न खोजिएको छ । तर यहाँ हुर्केका मृग जंगलमा सरभाइव गर्न नसक्ने हुन्छन् । ’

पहिलो यहाँको वातावरणसँग मिल्ने ठाउँमा सानुपर्छ । दोस्रो उनीहरु अन्य जनावरसँग सुरक्षित हुने भन्नेमा जानकार नहुँदा अर्को जनावरको सिकार बन्नुपरेको दुखेसो उनले पोखे ।

भन्छन्, ‘एक त मृगस्थलीको नाम जोगाउनुपर्ने बाध्यता छ, अर्को बढदै गएको मृगलाई निश्चित क्षेत्रमा संरक्षण गर्न समस्या भएको छ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपनिर्देशक तथा प्रवक्ता वेदकुमार ढकालले मृगस्थलीका मृगले आधारभूत हेरचाह नपाएको स्वीकार गरेका छन् । यसको महत्वपूर्ण जडी भनेकै बजेटमा गएर काम रोकिने उनी बताउँछन् । 

भन्छन्, ‘चिडियाखानामै राखिएकालाई पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गर्न सकिएको अवस्था छैन ।’

मृगलाई न्यूनतम सेवा सुविधा पनि दिन नसकिएको उनले बताए । 

राष्ट्र आर्थिक संकटमा रहेको भन्दै उनले विभागले तबल भत्ता खानेबाहेक बजेट नपाएको सुनाए । 

‘काम गर्नको लागि बजेट पनि चाहियो । कसरी काम गर्ने ?’ उनी प्रतिप्रश्न गर्छन् । 

वन्यजन्तु संरक्षण सरकारको प्राथमिकतामै नपरेको गुनासो उनको छ । 

‘विकासोन्मुख राष्ट्रमा मान्छेलाई सिटामोल खुवाउने कि मृगलाई दानापानी खुवाउने भनेर सोच्नुपर्ने अवस्था हुनेरहेछ’ उनले भने । 

‘हामीले वन्यजन्तुका लागि जति गर्नपर्ने हो त्यति गर्न नसकेको हो’ उनले खबरहबसँग भने, सबै प्रदेशमा उद्धारखाना बनाएर बढी भएका जनावरलाई राख्ने व्यवस्था गर्ने भनिएको छ । त्यसलाई सानो चिडियाखाना नामाङकरण गर्ने भनिएको छ । 

मृगस्थलीमा चित्तल प्रजातिका मृगहरू छन् । यो छिटो हुर्कने र प्रजननमा छिटो जाने जनावर भएको ढकाल बताउँछन् । 

भन्छन्, ‘त्यसकारण चित्तलको संख्या छिटो बढ्छ । तिनीहरुको व्यवस्थापनको लागि भक्तपुरको गुन्डुमा राष्ट्रिय प्राणी उद्याननिमार्ण गर्न लागिएको छ ।’

 तर ७ वर्ष भैसक्दा पनि बजेट नपाउँदा उक्त उद्यानको पूर्वाधार बनाउन नसकिएको ढकालले बताए । उद्यानको लागि २५० रोपनी क्षेत्रफल ओगटेर राखिएको छ । तर बजेट माग्दा वन्यजन्तुको संरक्षणमा सरकारले ध्यान नदिएको उनको गुनासो छ । वन्यजन्तु वासस्थान व्यवस्थापन कार्यविधि २०८० (२) क मा घाँसेमैदान र (ग) मा वन्यजन्तुको वासस्थान व्यवस्थित गर्ने भनिएको छ । 

वासस्थान व्यवस्थित भन्नाले वन्यजन्तुको लागि आवश्यक पर्ने खाना वा पानी उपलब्ध हुने, जन्तु लुक्ने, बस्ने र विचरण गर्ने तथा प्रजनन गर्ने क्षेत्र भनिएको छ । तर मृगस्थलीमा कुनै पनि मापदण्ड विना मृगहरु राखिएको अवस्था छ । यो युगले जनावरको अधिकार तथा उनीहरुहरुको कल्याणकारीको वकालत गर्छ । 

अन्तर्राष्ट्रिय मापदण्ड त परै जाओस् , जनावरहरुले न्युनतम सेवासमेत पाएका छैनन् । तर बजेटको अभाव देखाउदै जनावरको संरक्षणमा लापरवाही गर्नु निकै निन्दनीय देखिन्छ । 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ३ : ४५ बजे

निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउने तयारी छ : मन्त्री जोशी

विराटनगर– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती सेवा

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके–  बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन्

मधेसका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने

जनकपुर– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २३ गते विश्वासको

एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपाल बन्यो च्याम्पियन

काठमाडौं– शनिबारबाट राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको १५ औं

विकासको पहिलो पूर्वाधार अझै सडक नै हो : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीमा विकासको पहिलो पूर्वाधार सडक