१० जनालाई प्रज्ञा पुरस्कार « Khabarhub

१० जनालाई प्रज्ञा पुरस्कार


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० वटा विधामा दश जनालाई प्रज्ञा पुरस्कार प्रदान गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानद्वारा स्थापित प्रज्ञा पुरस्कार प्रदान गरिएको हो । प्रज्ञा अनुवाद पुरस्कार खगेन्द्र संग्रौलालाई, प्रज्ञा दर्शन पुरस्कार मोहन विक्रम सिंहलाई र प्रज्ञा सामाजिकशास्त्र पुरस्कार शान्ता श्रेष्ठलाई प्रदान गरिएको छ ।

त्यस्तै प्रज्ञा संस्कृति लोकवार्ता तथा मौखिक इतिहास पुरस्कारबाट घनश्याम शर्मा पौडेल, प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कारबाट कृष्ण गौतम र प्रज्ञा भाषा पुरस्कार प्रा.डा.देवीप्रसाद गौतमलाई प्रदान गरिएको छ ।

प्रज्ञा साहित्य पुरस्कार पद्यतर्फ बम देवान र गद्यतर्फ राजव, प्रज्ञा बाल साहित्य पुरस्कार गंगा कर्माचार्य, प्रज्ञा अन्तरदेशीय पुरस्कार पदम विश्वकर्मालाई प्रदान गरिएको छ । प्रत्येक वर्ष दिइने यी पुरस्कारहरूको राशि एक लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : ४२ बजे

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या