कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरी नियन्त्रणमा


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो कार्यकालमा अघि बढाइएका कार्यक्रम कटौती गरेको भन्दै कार्कीले आज (मङ्गलबार) दिउँसो ४ बजेदेखि आमरण अनशन थालेका थिए ।

निषेधित क्षेत्र तोकिएको प्रदेश सभा भवन अगाडिबाटै कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गर्न खोजिएपछि कार्कीका समर्थक र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले लाठीचार्ज नै गरेको हो ।

कार्कीसँगै उनका केही समर्थकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । कार्कीलाई उनकै सरकारका कानुनी मन्त्री शम्शेर राईले पनि अनशनमा साथ दिएका थिए ।

प्रदेश सभा बैठक चलिरहेको अवस्थामा उनी ९ बुँदे माग राख्दै आमरण अनशन बसेका थिए । सरकारले माग पूरा नगरेसम्म अनशन जारी रहने कार्कीले बताएका थिए ।

कार्कीले घोषणा गरेको आमरण अनशनस्थललाई जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ९ : ०२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’