इजरायल एक्लै लड्न तयार छ : नेतान्याहु « Khabarhub

इजरायल एक्लै लड्न तयार छ : नेतान्याहु


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले रफाहामा आक्रमणलाई निरन्तरता दिए सैन्य सहयोग रोक्न अमेरिकी चेतावनीपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरू एक्लै उभिन सक्ने बताएका छन्।

‘आवश्यक परे हामी एक्लै उभिन पनि तयार छौं,’ नेतान्याहुले भने। यस अघि अमेरिकी राष्ट्रपति जो वाइडेनले आर्टीलरी सेल सहितको सैन्य सहयोग रोक्ने कुरा बताएका थिए।

सामान्य नागरिकको ज्यान जाने खतराले अमेरिकाले सहयोग पठाउन रोकी सकेको छ।

नेतान्याहुले अमेरिकी प्रतिक्रियापछि सन् १९४८ को युद्ध स्मरण गरेका छन्। ‘सन् १९४८ मा धेरैको विरुद्धमा हामी एक्लो थियौं। हामीसँग हतियार थिएन। यसका बाबजुद हामी विजयी भएका थियौं। हाम्रो भावना र हामी भित्र रहेको बहादुरी पनका कारण हामीले सफलता पाएका थियौं ,’ नेतान्याहुले भने।

रक्षा मन्त्री युभ गालान्टले इजरायलको विरोधी र समर्थकले जे भने पनि आफू बहादुरी पूर्वक उभिने बताएका छन्। इजरायलको बम बारी र आक्रमणका कारण सोमबारसम्म ८० हजार जना रफाहाबाट विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएपछि यो प्रतिक्रिया बाहिर आएको हो।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : ३७ बजे

विश्वकप क्रिकेट लिग-२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा

चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौको पहिलो साता

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।