तनहुँमा प्लास्टिक झोलामुक्त अभियान | Khabarhub Khabarhub

तनहुँमा प्लास्टिक झोलामुक्त अभियान


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आगामी जेठ १ गतेदेखि व्यास नगरपालिकालाई प्लाष्टिक झोलामुक्त तुल्याउने अभियान सञ्चालन भएको छ । अभियानअन्तर्गत नगरपालिकाको एउटा टोली पसल–पसलमा पुगेर सचेतना कार्यक्रम सञ्चालनमा व्यस्त छ ।

व्यास नगरपालिका प्लास्टिक झोलामुक्त अभियानका संयोजक रनसिंह नेपालीको संयोजकत्वमा छ जनाको टोली पसल–पसलमा पुगेर प्लास्टिक झोला प्रयोग नगर्न अनुरोध गरिरहेको छ ।

सुरुमा बजार केन्द्रित अभियान अहिले नगरपालिका–१, २, ३ र ४ मा सक्रिय छ । टोलीले बजार क्षेत्रमा निरन्तर ‘माइकिङ’ गरेर प्लास्टिक झोला प्रयोग नगर्न क्रेता तथा बिक्रेतालाई आग्रह गरेको छ । 

गत चैत २ गतेदेखि मासु, दूध, कपडा, किराना पसल, तनहुँ उद्योग वाणिज्य सङ्घलगायत व्यवसायी तथा सङ्घसंस्थासँग  छलफल गरी अभियान थालिएको हो । अभियानलाई जेठ १ गतेदेखि कडाइका साथ लागू गर्न व्यास नगरपालिकाले प्लाष्टिकमुक्त अभियानसम्बन्धी कार्यविधि, २०८१ समेत पारित गरिसकेको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।

प्लाष्टिक झोलामुक्त अभियानलाई सफल बनाउन कपडाको झोला उत्पादनमा नगरपालिकाले प्राथामिकता दिएको छ । 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : ३७ बजे

पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये