आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै | Khabarhub Khabarhub

आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंइण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुँदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७:५ बजेदेखि शुरु हुँदै छ ।

जारी आइपिएलमा गुजरात टाइटन्सले ११ खेलमा ४ जित र ७ हारसहित अंकतालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्सले भने ११ खेलमा ६ जित र ५ हारसहित १२ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।

यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो । 

त्यसैगरी यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ भने आइपिएलको डिफेन्डिङ च्याम्पियन समेत हो ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ८ : ४८ बजे

सामुदायिक वनमा पक्की भवन निर्माण हुने

सिरहा – वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले

नेतान्याहुसहित इजराइली र हमास नेताका लागि पक्राउ पुर्जी माग

जेरुसेलम – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार

जबज हाम्रो मार्गदर्शक सिद्धान्त होइन : वेदुराम भुसाल

काठमाडौं- माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रहेका पूर्वकृषिमन्त्री

आजका समाचार : कांग्रेसको विरोधबीच प्रचण्डलाई चौँथो पटक संसदको विश्वासदेखि पूर्वराजा पाटनतिरसम्म

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल

आजको अर्थसंक्षेप : वैदेशिक व्यापार घट्यो, एनसेललाई २० अर्ब बुझाएर नवीकरण गर्न ताकेता

काठमाडौं- चालु आर्थिक वर्ष (आव)को १० महिनामा अघिल्लो आवको सोही