लिभरकुसन र एटलान्टा युरोपा लिगको फाइनलमा | Khabarhub Khabarhub

लिभरकुसन र एटलान्टा युरोपा लिगको फाइनलमा


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मन च्याम्पियन बायर लिभरकुसन र इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न सेमिफाइनल खेलमा बायर लिभरकुसनले इटालियन क्लब एएस रोमासँग २-२ गोलको बराबरी खेलेपनि पहिलो लिगमा २-० को जितको आधारमा समग्रमा ४-२ को नतिजासहित फाइनलमा पुगेको थियो ।

त्यस्तै एटलान्टाले फ्रेन्च क्लब मार्सेलीलाई दोस्रो लिगमा ३-० ले पराजित गर्दै समग्रमा ४-१ को नतिजा सहित पराजित गरेको थियो । यस अघि पहिलो लिगमा दुवै १-१ को बराबरी खेलेका थिए ।

अब यस सिजनको युरोपा लिगको फाइनलमा लिभरकुसन र एटलान्टा खेल्ने भएका छन । फाइनल खेल मे २२ मा आयरल्याण्डको डब्लिनस्थित अभिभा स्टेडियममा हुँदै छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ९ : ४३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’