सरकारलाई पूर्णता दिएर एकसाता भित्रै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री कार्की  | Khabarhub Khabarhub

सरकारलाई पूर्णता दिएर एकसाता भित्रै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री कार्की 


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  एक साताभित्र विश्वासको मत लिने भएका छन् । हिजो बिहीबार शपथ ग्रहण गरेका मुख्यमन्त्री कार्कीले हप्ता दिनभित्र नै विश्वासको मत लिने खबरहबलाई बताए । 

उनका अनुसार एक सातामा सरकारलाई पनि पूर्णता दिने योजना छ । उनले भने, ‘यो साताभित्र सरकारलाई पूर्णता दिएर विश्वासको मत लिन्छु ।’ 

बजेट तथा नीति र कार्यक्रमको तयारी गर्नुपर्ने भएकोले सरकारलाई पनि छिट्टै पूर्णता दिने उनको तयारी छ ।  

यता माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि मुख्यमन्त्री कार्कीलाई एक सातामा विश्वासको मत दिन सहज भएको बताउँछन् । कुन मन्त्रालयमा को पठाउने भन्ने विषयमा छलफल भइरहेको  आङ्बोको भनाइ छ । 

 आङ्बोले  खबरहबलाई भने, ‘कोशीमा कम्फरटेवल सरकार बन्छ ।’

यता कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध दायर गरेको रिट सुनुवाइको पेशी आज तोकिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १२ : ३१ बजे

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : देव गुरुङ

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव

शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल

बैतडी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम