एयर इन्डिया एक्सप्रेसका कर्मचारीको हडताल सकियो, केबिन चालक दल काममा फर्किने « Khabarhub

एयर इन्डिया एक्सप्रेसका कर्मचारीको हडताल सकियो, केबिन चालक दल काममा फर्किने


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– उडान तालिकामा दुई दिनको गम्भीर अवरोधपछि विमान सेवाका कर्मचारीको हडताल समाप्त भएको एयर इन्डियाले जनाएको छ ।   

ऋणमा डुबेपछि उक्त एयरलाइन्सलाई निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय टाटा समूहले एयरलाइन्सको स्वामित्व आफूले लिएको थियो । 

मिडिया रिपोर्टका अनुसार टाटा समूहले कर्मचारीको भर्ती र पदोन्नति जस्ता विषयमा नयाँ नीतिहरू सार्वजनिक गरेसँगै कर्मचारीले त्यसको विरोध गरेका थिए । 

एयर इन्डिया एक्सप्रेसका दर्जनौँ केबिन क्रू कर्मचारीहरू मङ्गलबार रातिदेखि बिरामी परेको भन्दै काममा आएका थिएनन् । जसले गर्दा एयरलाइन्स कम्तिमा एक सय ७५ वटा उडानहरू ढिलाइ तथा रद्द गर्नु परेको थियो । 

बिहीबार जारी विज्ञप्तिमा एयरलाइन्सका प्रवक्ताले कर्मचारीसँगको बैठकपछि समय तालिकालाई जतिसक्दो चाँडो लयमा फर्काउन काम गरिरहेको जनाइएको छ ।  

विज्ञप्तिमा अनपेक्षित अवरोधहरूबाट सेवाग्राहीमा पुगेको असुविधाप्रति क्षमा मागिएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार एयरलाइन्सले बर्खास्त गरेका कम्तीमा २० जना हडताली कर्मचारीलाई पुनः काममा फर्काइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १२ : ५३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको