प्रधानमन्त्रीसँग यादव असन्तुष्ट, उपप्रधानमन्त्री बन्न सक्छन् राई | Khabarhub Khabarhub

प्रधानमन्त्रीसँग यादव असन्तुष्ट, उपप्रधानमन्त्री बन्न सक्छन् राई


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछि केन्द्र सरकारमा पनि प्रभाव पर्ने संकेत देखिएकाे छ । पार्टी विभाजनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट  छन् ।

यादव बिहीबार बसेको मन्त्रपरिषद् बैठकमा पनि सहभागी भएका थिएनन् । कारण पार्टी विभाजन नै भएकाे उनी निकट नेताहरू बताउँछन् ।

प्रधानमन्त्रीले सरकारबाट बिदा हुन आदेश दिए उनी जुनसुकै बेला पनि सरकारबाट बाहिरिने तयारीमा छन् । यादवले आफू सरकारमा ‘कम्फर्टेबल नभएको महसुस गरिरहेको उनी निकट नेताको भनाइ छ ।

यादव सरकारबाट बाहिरिए उपप्रधानसहित स्वास्थ्य मन्त्रालयमा नयाँ पार्टी जसपा नेपालका अध्यक्ष अशोक राईको ‘इन्ट्री’ हुने सम्भावना छ । 

राईले सरकारमा जान इच्छा राखिरहेका छन्  । तर यस विषयमा प्रधानमन्त्रीले अहिलेसम्म चासाे दिएका छैनन् । यादवलाई  सरकारबाट फिर्ता गराउन राईले जोडबल गरिरहेकाे स्राेत बताउँछ ।

यता एमाले भने उपेन्द्र बाहिरिए सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सामेल गराउने तयारीमा छ ।

मधेस प्रदेश सरकारमा तलमाथि हुने संकेत देखिए मात्र उपेन्द्र सरकारबाट बिदा हुने स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘यो परिस्थिति मिल्दै जान्छ । मधेस सरकार धरापमा छैन हामी किन डराउने र ?’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : ५० बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये