लेखकले भने- 'आज गृहमन्त्रीले बोलेको सुन्छौँ, निकास नआए फेरि संसद् अवरोध गर्छौँ' | Khabarhub Khabarhub

लेखकले भने- ‘आज गृहमन्त्रीले बोलेको सुन्छौँ, निकास नआए फेरि संसद् अवरोध गर्छौँ’


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले गरिरहेको संसद्को अवरोधमा आज कांग्रेसले गृहमन्त्री रबि लामिछानेको  कुरा सुन्ने भएको छ । 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले खबरहबलाई भने, ‘आज हामी गृहमन्त्रीले बोलेको सुन्छौँ । तर उहाँको जवाफमा चित्त नबुझे हाउस पुनः अवरोध हुन्छ ।  सहकारी ठगी प्रकरणमा उहाँको नाम जोडिएकाले उहाँले प्रमाणसहित स्पष्ट हुने कुरा राख्नुपर्छ ।’ 

लेखकका अनुसार गृहमन्त्रीले एक पटक आफ्नो कुरा बारम्बार सुनिदिन अनुरोध गरेकाले कांग्रेसले समय दिने भएको हो । लेखकले थपे, ‘हामीले उहाँलाई चान्स दिएको हो ।’ 

जसपा नेपाल विभाजन भएपछि रास्वपासँग कांग्रेस पनि केही लचिलो देखिएको छ । यसअगाडि कांग्रेसले बजेट अधिवेशनमा पनि गृहमन्त्री माथि छानबिन समिति नबने संसद् अवरोध कायम राख्ने बताएको थियो । 

गृहमन्त्रीले बुधबार सभामुख देवराज घिमिरेलाई आफू संसद्का बोल्न पाउनुपर्ने मागसहित पत्र नै पठाएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १ : १३ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला