लेखकले भने- ‘आज गृहमन्त्रीले बोलेको सुन्छौँ, निकास नआए फेरि संसद् अवरोध गर्छौँ’ « Khabarhub

लेखकले भने- ‘आज गृहमन्त्रीले बोलेको सुन्छौँ, निकास नआए फेरि संसद् अवरोध गर्छौँ’


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले गरिरहेको संसद्को अवरोधमा आज कांग्रेसले गृहमन्त्री रबि लामिछानेको  कुरा सुन्ने भएको छ । 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले खबरहबलाई भने, ‘आज हामी गृहमन्त्रीले बोलेको सुन्छौँ । तर उहाँको जवाफमा चित्त नबुझे हाउस पुनः अवरोध हुन्छ ।  सहकारी ठगी प्रकरणमा उहाँको नाम जोडिएकाले उहाँले प्रमाणसहित स्पष्ट हुने कुरा राख्नुपर्छ ।’ 

लेखकका अनुसार गृहमन्त्रीले एक पटक आफ्नो कुरा बारम्बार सुनिदिन अनुरोध गरेकाले कांग्रेसले समय दिने भएको हो । लेखकले थपे, ‘हामीले उहाँलाई चान्स दिएको हो ।’ 

जसपा नेपाल विभाजन भएपछि रास्वपासँग कांग्रेस पनि केही लचिलो देखिएको छ । यसअगाडि कांग्रेसले बजेट अधिवेशनमा पनि गृहमन्त्री माथि छानबिन समिति नबने संसद् अवरोध कायम राख्ने बताएको थियो । 

गृहमन्त्रीले बुधबार सभामुख देवराज घिमिरेलाई आफू संसद्का बोल्न पाउनुपर्ने मागसहित पत्र नै पठाएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १ : १३ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको