कोशी प्रदेश सरकार गठनविरुद्धको रिटबारे न्यायाधीश फुयाँलको इजलासमा सुनुवाइ « Khabarhub

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटबारे न्यायाधीश फुयाँलको इजलासमा सुनुवाइ


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ जारी छ ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध दायर गरेको रिट अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको सर्वाेच्च अदालतका सूचना अधिकारी गाेविन्द प्रसाद घिमिरेले बताए ।

एमालेबाट हिक्मत कार्की बिहीबार केन्द्र सरकारको निर्णय अनुसार मुख्यमन्त्री बनेका थिए ।

केदार कार्कीले आफू मुख्यमन्त्री हुँदाहुँदै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेको भन्दै त्यसलाई खारेज गरी आफ्नो पदलाई निरन्तरता दिन माग गरेका छन् ।

रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावक रेवतिरमण भण्डारी समर्थक किशोरचन्द्र दुलाल र गणेश उप्रेतीलाई रिटमा विपक्षी बनाइएको छ ।

यता नवनिर्वाचित मुख्यमन्त्री हिक्मत कार्की एक साताभित्र सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने र बजेट तथा नीति र कार्यक्रमको तयारी गर्ने लागि परेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १ : ३२ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु