कोशी प्रदेश सरकार गठनविरुद्धको रिटबारे न्यायाधीश फुयाँलको इजलासमा सुनुवाइ « Khabarhub

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटबारे न्यायाधीश फुयाँलको इजलासमा सुनुवाइ


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ जारी छ ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध दायर गरेको रिट अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको सर्वाेच्च अदालतका सूचना अधिकारी गाेविन्द प्रसाद घिमिरेले बताए ।

एमालेबाट हिक्मत कार्की बिहीबार केन्द्र सरकारको निर्णय अनुसार मुख्यमन्त्री बनेका थिए ।

केदार कार्कीले आफू मुख्यमन्त्री हुँदाहुँदै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेको भन्दै त्यसलाई खारेज गरी आफ्नो पदलाई निरन्तरता दिन माग गरेका छन् ।

रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावक रेवतिरमण भण्डारी समर्थक किशोरचन्द्र दुलाल र गणेश उप्रेतीलाई रिटमा विपक्षी बनाइएको छ ।

यता नवनिर्वाचित मुख्यमन्त्री हिक्मत कार्की एक साताभित्र सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने र बजेट तथा नीति र कार्यक्रमको तयारी गर्ने लागि परेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १ : ३२ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको