माधव नेपालबारे ओलीको टिप्पणी : कांग्रेसले प्रधानमन्त्री बनाएर टाउकोमै बोके हुन्छ | Khabarhub Khabarhub

माधव नेपालबारे ओलीको टिप्पणी : कांग्रेसले प्रधानमन्त्री बनाएर टाउकोमै बोके हुन्छ


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर नेपाली कांग्रेसले टाउकोमै बोके पनि आपत्ति नहुने बताएका छन् ।

शुक्रबार एमाले संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओ‌लीले कांग्रेसले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउँदा हुने उल्लेख गरे ।

‘कांग्रेसले त्यस्ता महानुभाव (माधव नेपाल) लाई प्रधानमन्त्री बनाएर काँधमा होइन, टाउकोमै चढाएर बोके पनि हामीलाई आपत्ति छैन । कांग्रेसले बोके हुन्छ,’ ओलीले कटाक्षको शैलीमा भने ।

अध्यक्ष नेपाल प्रधानमन्त्री बन्दा आफ्नो मन भत्भती नपोल्ने पनि ओलीले बताए । केही दिनअघि एक कार्यक्रममा अध्यक्ष नेपालले ‘म प्रधानमन्त्री बन्ने भएँ भनेर कसैको मन भत्भती पोलेको’ भनेर ओलीलाई कटाक्ष गरेका थिए ।

नेपालको उक्त अभिव्यक्तिको जवाफमा ओलीले आफूलाई कुनै फरक नपर्ने बताए।

‘त्यो पार्टीका नेताहरूले म प्रधानमन्त्री हुनै लागेँ भनेर कसैको मन भतभत पोल्याछ भनेछन् । कहाँ प्रधानमन्त्री हुन आँटे ? कताबाट हुन आँटे ? हामीलाई कोही प्रधानमन्त्री हुँदा मन भत्भती पोल्दैन’, ओलीले भने, ‘हामी त एमालेको सरकार बने, एमालेको बहुमत आ खुसी हुन्छौँ होला । अरु कसैको कुराले हामीलाई मन भत्भती पोल्दैन । हामी वास्तविकतालाई सजिलै स्वीकार्छौँ।’

ओलीले त्यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा विश्वासको मत लिँदा भएको छलफलमा एकीकृत समाजवादीका नेताको अभिव्यक्ति सम्झिरहेको पनि बताए । उनले समाजवादीका नेताको त्यो भनाइलाई‘अस्वस्थ, आक्रोशित र कुण्ठाग्रस्त’ को संज्ञा दिएका छन् ।

 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : ०७ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति