हुन्डीको ९८ लाखसहित पक्राउ परेका युवा सुन तस्करीमा पनि संलग्न ! « Khabarhub

हुन्डीको ९८ लाखसहित पक्राउ परेका युवा सुन तस्करीमा पनि संलग्न !


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार र त्यही ठाउँका २९ वर्षीय मिलन विक रहेको कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताएका छन् ।

‘दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरू पक्राउ परेका हुन्’, भट्टराईले भने, ‘पक्राउ परेकाहरू हुन्डीसँगै तस्करीको अवैध सुन कारोबारमा पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निस्केको छ ।’

पक्राउ परेका मिलन २०८० असोज १० गते दोलखामा चीनबाट तस्करीको बाटो हुँदै आएको साढे ११ केजी अवैध सुन तस्करीमा संलग्न रहेको खुलेको छ ।

भट्टराईका अनुसार उक्त प्रकरणमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि उनी फरार सूचीमा थिए । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा भइरहेको खु्लेको एसएसपी भट्टराईले पत्रकार सम्मेलनमा बताए ।

प्रहरीले यी दुई युवाको साथबाट ९८ लाख रुपैयाँ बरामद भएको छ । त्यस्तै उक्त रकम बोक्न प्रयोग भएको बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडीसमेत बरामद गरिएको भट्टराईले बताए ।

पक्राउ परेकाहरू दुई वर्षयता आपराधिक गतिविधिमा संलग्न रहँदै खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि शुक्रबार नै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : ४१ बजे

मोरङ प्रहरीद्वारा ५ हजार केजी गाँजा नष्ट

काठमाडौं– जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न समयमा पक्राउ गरेको करिब

‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन, एउटै धारा कुर्नुपर्ने बाध्यता हट्यो

ढोरपाटन –  अघिल्लो वर्षसम्म भलकोट र बुढाथोक गाउँमा खानेपानीको समस्या

अदालतको आदेशविपरीत हेटौँडा बजारमा किन चल्यो डोजर ?

काठमाडौं- शुक्रबार साँझ सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना

एनपीएल : टस जितेको पोखराले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं- कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा

अदानचुलीका सडक स्तरोन्नति गरिँदै

अदानचुली– अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा