भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।

आठबिसकोटदेखि जाजरकोट रिम्नातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर आज दिउँसो भेरी नदीमा खसेको  हो । दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक तथा मालिक आठबिसकोट–१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते तीन जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । घाइतेको पहिचान खुल्न सकेको छैन । ट्र्याक्टर सडकदेखि एक सय ५० मिटर तल भेरी नदीमा खसेको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : १७ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य