सयको नोटमा चुच्चे नक्साको विरोध गरेपछि ओलीले घेरे शीतल निवासलाई « Khabarhub

सयको नोटमा चुच्चे नक्साको विरोध गरेपछि ओलीले घेरे शीतल निवासलाई


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एक सय रुपैयाँ दरको नयाँ नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयविरुद्ध बोलेपछि राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवी नेपाललाई घेरेका छन् ।

शुक्रबार नयाँबानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले राष्ट्रपतिका सल्लाहकार नेपालले राष्ट्रियताको सवालमा आपत्तिजनक र देशको सार्वभौमिकताविरुद्ध अभिव्यक्ति दिएको बताएका हुन्।

‘नेपालले आफ्नो नोटमा चुच्चे नक्सा छाप्छ भन्ने खबर आयो । नेपाल सरकारले आफ्नो नोटमा नक्सा छाप्दा अर्को देश कराएको छ । किन कराएको अर्को देश?,’ ओलीले सोधे, ‘आफ्नो नोटमा नेपालको नक्सा छापेका हौँ, उसको देशको त छापेको होइन। किन करायो भनिरहँदा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरू अर्काको पक्षमा लागेर फलानो देशलाई उत्तेजित पार्न खोजिएको भन्दै नक्सा छाप्ने कुराको विरोध गरिरहेका रहेछन् ।’

अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले कसका मानिसलाई जागिर खुवाएको भन्दै प्रश्न पनि गरे ।

‘राष्ट्रपतिले यस्तै मानिसलाई राखेर उनकै सल्लाहअनुसार चल्दा रहेछन् । हाम्रो नोटमा नेपालको नक्सा छाप्दा अर्को देशलाई उत्तेजित पार्न खोजेको, सम्बन्ध कमजोर पार्न खोजेको भनेर राष्ट्रपतिका विज्ञ सल्लाहकार भन्नेहरू उफ्रिन्छन्, यो तमासा होइन?’, ओलीले सोधे, ‘त्यस्ता मानिस राष्ट्रपतिले राख्न मिल्छ? यो प्रश्न हामीले संसद्‍मा गम्भीरतासहित उठाउँछौँ ।’

ओलीले यसबारे सरकारले जवाफ दिनुपर्ने पनि बताएका छन् ।

‘यसबारेमा सरकार र प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ या राष्ट्रपति आफैँ बोल्नु हु्न्छ? सरकारले आफ्नो गुमेको भूभाग समेटेर नक्सा छाप्यो । त्यसलाई संविधानको अंग बनायो, त्यो नक्सा हाम्रो नक्सा हो। नेपालको नोट हाम्रो नोट हो’, उनले भने, ‘हामीले धरौटी धितो राखेर छाप्छौँ । अनधिकृत कागजको खोस्टो होइन त्यो । हामी आफ्नो देशको नक्सा आफ्नो नोटमा राख्छौँ । नेपालको नक्सामा नोट छापिने भयो भनेर राष्ट्रपति कार्यालय कराउँछ। कस्तो राष्ट्रपति ? कस्तो राष्ट्रपति निवास ? कस्ता सल्लाहकार? हामी नेपाली ट्वाँ परेका छौँ। यस्तो पनि हुने रहेछ?’

ओलीले राष्ट्रियताबारे विद्वेष भएकाहरू राष्ट्रपति निवासमा गुँड बनाएको भन्दै व्यंग्य पनि कसेका छन् । उनले यो विषय साधारण नभएको भन्दै राष्ट्रपतिले उचित कदम चाल्ने पर्ने उल्लेख गरे ।

केही दिनअघि राष्ट्रपतिका विज्ञ सल्लाहकार नेपालले भारतीय बीबीसीसहित सञ्चारमाध्यमसँग नेपालले नयाँ नोटमा भारतद्वारा अतिक्रमित लिपुलेकसहित भूभाग समेटेर प्रकाशित चुच्चे नक्सा राख्दा सम्बन्ध बिग्रिने बताएका थिए ।

यो भनाइको अहिले चर्को विरोध भइरहेको छ । उता नेपालले भने राष्ट्रपतिको सल्लाहकारका रुपमा भन्दा नेपाल राष्ट्र बैंकको पूर्वगभर्नरका रुपमा यसबारे बोलेको भन्दै आफ्नो बचाउ गरेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : १३ बजे

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य