कांग्रेस नमानेपछि कार्यव्यवस्था नै बस्न सकेन, प्रतिनिधि सभाको बैठक अनिश्चित « Khabarhub

कांग्रेस नमानेपछि कार्यव्यवस्था नै बस्न सकेन, प्रतिनिधि सभाको बैठक अनिश्चित

आन्तरिक छलफलमा दलहरू


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामि छामिनेमाथि संसदीय समिति बनाएर छानबिनको माग गरिरहेको नेपाली कांग्रेस अडानबाट पछि नहटेपछि शुक्रबार डाकिएको संसद् बैठक अनिश्चित भएको छ ।

सभामुख देवराज घिमिरले शुक्रबार दुई चरणमा मुख्य दलका प्रमुख सचेतक र सचेकहरूसँग छलफल गरेका छन् ।

तर कांग्रेसले उक्त छलफलमा प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न दिने कुरामा सहमति नजनाउँदा समस्या भएको हो ।

सभामुखसँगको छलफलमा सहमति नजुटेपछि अहिले प्रमुख सचेतक र सचेतकहरू आ-आफ्ना शीर्ष नेताहरूसँग आन्तरिक छलफलमा निस्किएका छन् ।

त्यसपछि फेरि सभामुख घिमिरेसँग प्रमुख सचेतक र सचेतहरूको बैठक बस्ने भएको छ । यदि त्यहाँ सहमति जुटेमा त्यसपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रतिनिधिसभा बैठकको एजेन्डा तय गरिने भएको छ ।

मध्यान्ह साढे १२ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म अनिश्चित छ । कार्य व्यवस्था परामर्श समितिको बैठक नै नबसेकाले प्रतिनिधि सभाको बैठक अनिश्चित भएको हो ।

दलहरूले संसदीय दलको बैठक बस्न ढिलाइ गरेका कारण कार्य व्यवस्था परामर्श समितिको बैठकमा पनि ढिलाइ भएको हो ।

संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताले बोल्ने र राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी ब्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची थियो ।

प्रतिनिधि सभाको बैठकलाई सहज बनाउन हाल सभामुख देवराज घिमिरेले नेताहरूसँग छुट्टाछुट्टै संवाद गरेका थिए । तर उनको सहमतिको प्रयासले शुक्रबार पनि मूर्त रुप लिन नसकेको हो । त्यहीकारण प्रतिनिधिसभाको बैठक पनि अनिश्चित भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : २३ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।