जमानत मिलेसँगै केजरीवाल लोकसभा चुनावको प्रचारमा जाने « Khabarhub

जमानत मिलेसँगै केजरीवाल लोकसभा चुनावको प्रचारमा जाने


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको राजधानी सहर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

अदालतले उनलाई आगामी जुन २ मा जेल फर्किने गरी जमानत दिएको हो । केजरीवाललाई मदिरा घोटाला प्रकरणमा सुरुमा त्यहाँको इनकम ट्याक्स डिपार्टमेन्डले हिरासतमा लिएको थियो ।

त्यसपछि उनलाई लोकसभा चुनावको मुखमा तिहाड जेलमा पठाइएको थियो ।

२१ मार्चदेखि हिरासतमा रहेका उनले अदालतले जमानत दिएसँगै अब २ जुनसम्मलाई लोकसभा चुनावको प्रचार गर्न पाउने छन् ।

अन्तरिम जमानतको घोषणा गर्दै अदालतले केजरीवालको गिरफ्तारीमा चुनौती दिइएको मामिलाको सुनुवाइ पनि चाँडै सक्ने जनाएको छ ।

अदालतले भनेको छ, ‘हामी चाँडै सुनवाइ गरेर यस प्रकरणलाई टुंग्याउने कोसि गर्नेछौँ ।’

अदालतले अब लिखित आदेश सार्वजनिक गर्न बाँकी छ । त्यसपछि केजरीवाललाई दिइएको जमानतका शर्तहरूबारे थाहा हुनेछ ।

अदालतले जमानतको मुचुल्का जेल अधिकारीसामु प्रस्तुत गरेर केजरीवालको रिहाई चाँडो टुंग्याउन पनि भनेको छ ।

न्यायाधीश सञ्जीव खन्नाले भनेका छन्, ‘गिरफ्तारी पहिले या पछि गर्न पनि सकिन्थ्यो । २१ दिनले केही फरक पर्दैनथ्यो ।’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ३८ बजे

गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित, बस्नयोग्य क्षेत्र १५ प्रतिशत मात्र

गाजा-  इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी

एनपीएलमा विराटनगरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

ललितपुरमा १९औँ गोदावरी फूलको महामेला (तस्बिरहरु)

ललितपुर– तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी

‘छ माया छपक्कै २’ को कमाइ तीन करोडमै सीमित, दीपकराज भन्छन्- ‘लगानी सुरक्षित गर्ने प्रयासमा छौँ’

काठमाडौं– दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि फिल्मले बक्स अफिसमा अपेक्षित

विराटनगरले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर