जमानत मिलेसँगै केजरीवाल लोकसभा चुनावको प्रचारमा जाने « Khabarhub

जमानत मिलेसँगै केजरीवाल लोकसभा चुनावको प्रचारमा जाने


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको राजधानी सहर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

अदालतले उनलाई आगामी जुन २ मा जेल फर्किने गरी जमानत दिएको हो । केजरीवाललाई मदिरा घोटाला प्रकरणमा सुरुमा त्यहाँको इनकम ट्याक्स डिपार्टमेन्डले हिरासतमा लिएको थियो ।

त्यसपछि उनलाई लोकसभा चुनावको मुखमा तिहाड जेलमा पठाइएको थियो ।

२१ मार्चदेखि हिरासतमा रहेका उनले अदालतले जमानत दिएसँगै अब २ जुनसम्मलाई लोकसभा चुनावको प्रचार गर्न पाउने छन् ।

अन्तरिम जमानतको घोषणा गर्दै अदालतले केजरीवालको गिरफ्तारीमा चुनौती दिइएको मामिलाको सुनुवाइ पनि चाँडै सक्ने जनाएको छ ।

अदालतले भनेको छ, ‘हामी चाँडै सुनवाइ गरेर यस प्रकरणलाई टुंग्याउने कोसि गर्नेछौँ ।’

अदालतले अब लिखित आदेश सार्वजनिक गर्न बाँकी छ । त्यसपछि केजरीवाललाई दिइएको जमानतका शर्तहरूबारे थाहा हुनेछ ।

अदालतले जमानतको मुचुल्का जेल अधिकारीसामु प्रस्तुत गरेर केजरीवालको रिहाई चाँडो टुंग्याउन पनि भनेको छ ।

न्यायाधीश सञ्जीव खन्नाले भनेका छन्, ‘गिरफ्तारी पहिले या पछि गर्न पनि सकिन्थ्यो । २१ दिनले केही फरक पर्दैनथ्यो ।’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ३८ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा