मन्त्री तामाङको तर्क- पाशुपत क्षेत्र भाषण गर्ने ठाउँ होइन, मन्दिरमा राजनीति नगरौँ « Khabarhub

मन्त्री तामाङको तर्क- पाशुपत क्षेत्र भाषण गर्ने ठाउँ होइन, मन्दिरमा राजनीति नगरौँ


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पाशुपत क्षेत्र  विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल भएको र यो भाषण गर्ने ठाउँ नभएको बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषको ३८ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री तामाङले राष्ट्रदेव पशुपतिनाथमा आएर राजनीति गर्ने र कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताए। उनले भने, ‘गैर राजनीतिक ठाउँ अर्थात् धार्मिकस्थलमा आएर राजनीति गर्न कसैलाई छुट छैन, धार्मिक क्षेत्रमा आएर राजनीति नगर्नु होला ।’

यसै गरी उनले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रूपमा हेर्न नहुनेसमेत बताए । उनले पछिल्लो समय विकास कोष राजनीति गर्ने थलोको रूपमा प्रयोग भएको भन्ने सुन्नमा आएकाले अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाए ।

उनले भने, ‘पाशुपत क्षेत्र गैर राजनीतिक आध्यात्मिक पवित्र थलो हो, यहाँ धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्नुपर्छ ।’ पशुपति क्षेत्र, विश्व सम्पदा सूचीमा सूचीकृत, पूर्वीय दर्शन र पूर्वीय संस्कृतिको महत्त्वपूर्ण केन्द्र रहेकाले यसले विश्वमा नेपाललाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

सोही कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री तामाङले करोडौँ जनसङ्ख्या भएको हिन्दू धर्मप्रति आस्था राख्ने भारतका हिन्दू धर्मावलम्बीलाई सहजरुपमा भित्र्याउन पाशुपत क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताए।

उनले भने, ‘हामीले पशुपति क्षेत्रमा रमणीय र आध्यात्मिक परिवेश बनाउन सके मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा अभूतपूर्व योगदान पुर्‍याउने छ, यहाँको विकासका लागि सबैको सहयोग आवश्यक छ ।’

यसै गरी कोषका सदस्य सचिव डा मिलनकुमार थापाले भगवान् पशुपतिनाथ तथा विकास कोषको हितका लागि आफू सधैँ अग्रसर रहने बताए । उनले भने, ‘शिवस्व खानुहुन्न भन्ने मेरा पिता पुर्खाको अर्ति छ, म शिवस्व खान्न बरु घरबाट ल्याएर भए पनि यहाँको विकास गर्छु ।’

कोषको अहित चिताउने केही बिरोधीतत्वका कारण आफूले विगतमा निकै दुःख पाएको समेत बताए । उनले भने, ‘पशुपति विरोधी तथा यहाँको विकासमा अहित चिताउनेले आफ्नो स्वार्थ पूर्ति नहुँदा मलाई विगतमा दिनु दुःख दिए, म त्यस्ता विरोधीलाई भन्छु मैले गलत काम गर्दिन ।’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ५० बजे

झलनाथको पहिलो क्याबिनेट बैठकको निर्णय थियो नागढुंगा सुरुङमार्ग

काठमाडौं– सोमबार एक औपचारिक समारोहका बीच लामो समयदेखिको प्रतिक्षित नागढुंगा–सिस्नेखोला

व्यायाम : समय नभएको की प्राथमिकतामा नपरेको ?

काठमाडौं– आजकाल धेरै मानिसहरू ‘समय छैन’ भन्ने गुनासो गरिरहेका भेटिन्छन्

कारबाहीमा परे पीआर लिएका दुई अधिकृत, सरकारी सेवामा अयोग्य हुने गरि निकालिँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

विद्यार्थीको नारा : ज्ञानमा ताल्चा हानेर देश बन्छ ? (तस्बिरहरू)

काठमाडौं– बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय

जेठमै कुटिएका थिए अशोक दर्जी, घटनाबारे के भन्छ प्रहरी ?

काठमाडौं – बाल गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक