रविबारे प्रतिनिधि सभामा आक्रामक बन्यो कांग्रेस, गगनको घोषणा : अब संसद् चल्न दिँदैनौँ | Khabarhub Khabarhub

रविबारे प्रतिनिधि सभामा आक्रामक बन्यो कांग्रेस, गगनको घोषणा : अब संसद् चल्न दिँदैनौँ

नाराबाजी र घेराउपछि बैठक स्थगित


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति नबनेसम्म संसद्को कुनै पनि कामकारबाही अघि बढ्न नदिने घोषणा गरेको छ ।

शुक्रबार संसद् बस्नेबित्तिकै विरोधमा उत्रिएपछि कांग्रेस महामन्त्री गगनकुमार थापालाई सभामुख देवराज घिमिरेले बोल्न दिएका थिए ।

उनले संसद्‍मा बोल्दै लामिछानेबारे संसदीय छानबिन समिति नबनेसम्म बैठकमा अवरोध जारी रहने घोषणा गरे ।

‘यदि मलाई यस्तै आरोप लागेमा छानबिन समिति बनोस् भन्छु । लामिछानेलाई जोगाउन महान्यायाधिवक्ता झुक्दा झुक्दा लम्पसार परिसके । गृहमन्त्रीले गल्ती गरेका हुन् भने छानबिन गरेर सफाइ लिनुपर्छ’, थापाले भने, ‘सरकार गृहमन्त्रीमाथि कुनै पनि अभियोजन र अभियोग लागेको छैन भनिरहेको छ । प्रधानमन्त्री आफैँ छानबिन पनि भएको छैन भनिनरहनु भएको छ । तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गरेको अनुसन्धानले के भनेको छ ? एक अर्ब रुपैयाँ अपचलन गरेको प्रमाण पेश गरिएको छ । हामीलाई गलत सावित गर्नुस् न ।’

उनले संसद्भित्र प्रमुख प्रतिपक्षी दलले कुरा उठाइसकेपछि संसदीय छानबिन समिति बनाउनु पर्ने अडान राखे ।

‘यो सरकार पूरै चार वर्ष तपाईंहरू चलाउनुस् । हामीलाई गलत सावित गरिदिनुस्’, उनले भने, ‘सभामुखले संख्याका आधारमा पेलेर हुन्छ? संसदीय छानबिन समिति नबनीकन संसद्को कुनै पनि काम अघि बढ्दैन ।’

थापाले प्रधानमन्त्री र सरकारले गरिरहेको काममा अब विश्वास नरहेको बताए । ‘सरकारका अंगलाई वासिङ मेशिन जस्तो बनाइयो । सरकारले छोपेर र धोएर अब जोगिँदैन’, उनले भने, ‘गृहमन्त्रीले राजीनामा दिनु पर्दैन भनेका हौँ, सरकारकै कारण अप्ठेरो भएको हो । छानबिन अघि नबढेसम्म संसद्‌को कारबाही अब अघि बढ्दैन ।’

कांग्रेस सांसदहरूले आशनबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

यो पनि –
महान्यायाधिवक्ता लम्पसारै परिसक्नुभयो : कांग्रेस

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : ३१ बजे

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१