रविबारे प्रतिनिधि सभामा आक्रामक बन्यो कांग्रेस, गगनको घोषणा : अब संसद् चल्न दिँदैनौँ « Khabarhub

रविबारे प्रतिनिधि सभामा आक्रामक बन्यो कांग्रेस, गगनको घोषणा : अब संसद् चल्न दिँदैनौँ

नाराबाजी र घेराउपछि बैठक स्थगित


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति नबनेसम्म संसद्को कुनै पनि कामकारबाही अघि बढ्न नदिने घोषणा गरेको छ ।

शुक्रबार संसद् बस्नेबित्तिकै विरोधमा उत्रिएपछि कांग्रेस महामन्त्री गगनकुमार थापालाई सभामुख देवराज घिमिरेले बोल्न दिएका थिए ।

उनले संसद्‍मा बोल्दै लामिछानेबारे संसदीय छानबिन समिति नबनेसम्म बैठकमा अवरोध जारी रहने घोषणा गरे ।

‘यदि मलाई यस्तै आरोप लागेमा छानबिन समिति बनोस् भन्छु । लामिछानेलाई जोगाउन महान्यायाधिवक्ता झुक्दा झुक्दा लम्पसार परिसके । गृहमन्त्रीले गल्ती गरेका हुन् भने छानबिन गरेर सफाइ लिनुपर्छ’, थापाले भने, ‘सरकार गृहमन्त्रीमाथि कुनै पनि अभियोजन र अभियोग लागेको छैन भनिरहेको छ । प्रधानमन्त्री आफैँ छानबिन पनि भएको छैन भनिनरहनु भएको छ । तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गरेको अनुसन्धानले के भनेको छ ? एक अर्ब रुपैयाँ अपचलन गरेको प्रमाण पेश गरिएको छ । हामीलाई गलत सावित गर्नुस् न ।’

उनले संसद्भित्र प्रमुख प्रतिपक्षी दलले कुरा उठाइसकेपछि संसदीय छानबिन समिति बनाउनु पर्ने अडान राखे ।

‘यो सरकार पूरै चार वर्ष तपाईंहरू चलाउनुस् । हामीलाई गलत सावित गरिदिनुस्’, उनले भने, ‘सभामुखले संख्याका आधारमा पेलेर हुन्छ? संसदीय छानबिन समिति नबनीकन संसद्को कुनै पनि काम अघि बढ्दैन ।’

थापाले प्रधानमन्त्री र सरकारले गरिरहेको काममा अब विश्वास नरहेको बताए । ‘सरकारका अंगलाई वासिङ मेशिन जस्तो बनाइयो । सरकारले छोपेर र धोएर अब जोगिँदैन’, उनले भने, ‘गृहमन्त्रीले राजीनामा दिनु पर्दैन भनेका हौँ, सरकारकै कारण अप्ठेरो भएको हो । छानबिन अघि नबढेसम्म संसद्‌को कारबाही अब अघि बढ्दैन ।’

कांग्रेस सांसदहरूले आशनबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

यो पनि –
महान्यायाधिवक्ता लम्पसारै परिसक्नुभयो : कांग्रेस

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : ३१ बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग