महान्यायाधिवक्ता लम्पसारै परिसक्नुभयो : कांग्रेस « Khabarhub

महान्यायाधिवक्ता लम्पसारै परिसक्नुभयो : कांग्रेस


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेल झुक्दा झुक्दा लम्पसारै परेका आरोप लगाएको छ । सदनको बजेट अधिवेशनको पहिलो दिन डाकिएको प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आरोपित सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता झुकेर लम्पसार परेका बताएका हुन्‌ ।

महान्यायाधिवक्ता कार्यालयले केही दिनअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेमाथि सहकारी ठगीमा कुनै उजुरी नपरेको दाबी गर्दै ‘क्लिनचिट’ दिएको थियो ।

स‌ंसदमा बोल्दै कांग्रेस महामन्त्री थापाले भने, ‘माननीय गृहमन्त्रीले केही दिनअघि सदनको बाहिरपट्टिको भर्‍याङमा उभिएर संसद् ४ वर्ष बन्द भए पनि हुन्छ, मजाले चलाउने हो भन्नुभएको थियो । भर्खर भर्खर आउनुभएको, धेरै कुरा थाहा भएन कि भन्ने लागेको । तर प्रधानमन्त्री त धेरैपटक प्रधानमन्त्री हुनुभएको, पटक-पटक सदनमा आउनुभएको, सदन कसरी चल्छ, चलाउनुपर्छ भन्ने पक्कै पनि बुझ्नुभएको होला भन्ने लागेको थियो । तर, हिसाबकिताब बिग्रने डर त सबैतिर हुने नै भयो । आज सदनमा जुन दृश्य बन्न जाँदैछ,  यसको कारण हामी होइनौं । कारक पनि हामी होइनौं । जे गर्ने सोच राखिएको छ, त्यसको ठूलो मूल्य सबैले चुकाउनुपर्छ ।’

महामन्त्री थापाले अगाडि भने,  ‘यसलाई हल्का नठानियोस् । नेपाली कांग्रेस सदन चल्नुपर्छ भन्नेमा गम्भीर छ । यो भन्दा अघि हामीले आफ्ना विषयहरु राख्दै गर्दा विधेयकहरू पारित होस् । लगानी सम्मेलनभन्दा अगाडि सरकारलाई सजिलो होस् । त्यसकारणले गर्दा धेरै कुरामा गम्भीर भयौं । निजामति ऐन लगायत कतिपय कुराहरु सदनमा जाओस् भन्ने चाह्यौं । हाम्रो जम्मा एउटा कुरा थियो, अहिले पनि त्यही छ । सहकारीको ठगीका सन्दर्भमा यो संसद्ले छानबिन समिति बनाओस् ‘

स‌ंसदमा आक्रोशित मुद्रामा प्रस्तुत भएका थाले भने,’संसदले छानबिन समिति बनाउँदै गर्दा त्यो समितिमा नेकपा (एमाले) बस्ने होला, माओवादी बस्ने होला, रास्वपा बस्ने होला, कांग्रेस बस्ने होला । ढिकीजाँतो तपाईंहरुकै हातमा छ । तथ्यहरु हामीले बनाउने होइन होला ।’

उनले  प्रश्न गरे, ‘समिति बनाएर छानविन गरिदिए आहा कति आनन्द हुन्थ्यो । सबैले थाहा पाउँथे । किन डराएको ? किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ, कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ । हुँदाहुँदा कानूनले भन्छ : महान्यायाधिवक्ताले कुनै प्रभावमा पर्नु हुँदैन, यहाँ त प्रभाव होइन । झुकाव राख्न हुँदैन भन्छ, झुकाव होइन ।, महान्यायाधिवक्ता त झुक्दा झुक्दा लम्पसारै परिसक्नुभयो । किन डराएको ? किन आत्तिएको ? ‘

यो पनि-

रविबारे प्रतिनिधि सभामा आक्रमक बन्यो कांग्रेस, गगनको घोषणा : अब संसद् चल्न दिँदैनौँ

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : ४४ बजे

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि धमाधम काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा