महान्यायाधिवक्ता लम्पसारै परिसक्नुभयो : कांग्रेस « Khabarhub

महान्यायाधिवक्ता लम्पसारै परिसक्नुभयो : कांग्रेस


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेल झुक्दा झुक्दा लम्पसारै परेका आरोप लगाएको छ । सदनको बजेट अधिवेशनको पहिलो दिन डाकिएको प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आरोपित सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता झुकेर लम्पसार परेका बताएका हुन्‌ ।

महान्यायाधिवक्ता कार्यालयले केही दिनअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेमाथि सहकारी ठगीमा कुनै उजुरी नपरेको दाबी गर्दै ‘क्लिनचिट’ दिएको थियो ।

स‌ंसदमा बोल्दै कांग्रेस महामन्त्री थापाले भने, ‘माननीय गृहमन्त्रीले केही दिनअघि सदनको बाहिरपट्टिको भर्‍याङमा उभिएर संसद् ४ वर्ष बन्द भए पनि हुन्छ, मजाले चलाउने हो भन्नुभएको थियो । भर्खर भर्खर आउनुभएको, धेरै कुरा थाहा भएन कि भन्ने लागेको । तर प्रधानमन्त्री त धेरैपटक प्रधानमन्त्री हुनुभएको, पटक-पटक सदनमा आउनुभएको, सदन कसरी चल्छ, चलाउनुपर्छ भन्ने पक्कै पनि बुझ्नुभएको होला भन्ने लागेको थियो । तर, हिसाबकिताब बिग्रने डर त सबैतिर हुने नै भयो । आज सदनमा जुन दृश्य बन्न जाँदैछ,  यसको कारण हामी होइनौं । कारक पनि हामी होइनौं । जे गर्ने सोच राखिएको छ, त्यसको ठूलो मूल्य सबैले चुकाउनुपर्छ ।’

महामन्त्री थापाले अगाडि भने,  ‘यसलाई हल्का नठानियोस् । नेपाली कांग्रेस सदन चल्नुपर्छ भन्नेमा गम्भीर छ । यो भन्दा अघि हामीले आफ्ना विषयहरु राख्दै गर्दा विधेयकहरू पारित होस् । लगानी सम्मेलनभन्दा अगाडि सरकारलाई सजिलो होस् । त्यसकारणले गर्दा धेरै कुरामा गम्भीर भयौं । निजामति ऐन लगायत कतिपय कुराहरु सदनमा जाओस् भन्ने चाह्यौं । हाम्रो जम्मा एउटा कुरा थियो, अहिले पनि त्यही छ । सहकारीको ठगीका सन्दर्भमा यो संसद्ले छानबिन समिति बनाओस् ‘

स‌ंसदमा आक्रोशित मुद्रामा प्रस्तुत भएका थाले भने,’संसदले छानबिन समिति बनाउँदै गर्दा त्यो समितिमा नेकपा (एमाले) बस्ने होला, माओवादी बस्ने होला, रास्वपा बस्ने होला, कांग्रेस बस्ने होला । ढिकीजाँतो तपाईंहरुकै हातमा छ । तथ्यहरु हामीले बनाउने होइन होला ।’

उनले  प्रश्न गरे, ‘समिति बनाएर छानविन गरिदिए आहा कति आनन्द हुन्थ्यो । सबैले थाहा पाउँथे । किन डराएको ? किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ, कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ । हुँदाहुँदा कानूनले भन्छ : महान्यायाधिवक्ताले कुनै प्रभावमा पर्नु हुँदैन, यहाँ त प्रभाव होइन । झुकाव राख्न हुँदैन भन्छ, झुकाव होइन ।, महान्यायाधिवक्ता त झुक्दा झुक्दा लम्पसारै परिसक्नुभयो । किन डराएको ? किन आत्तिएको ? ‘

यो पनि-

रविबारे प्रतिनिधि सभामा आक्रमक बन्यो कांग्रेस, गगनको घोषणा : अब संसद् चल्न दिँदैनौँ

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ४ : ४४ बजे

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

मतदातालाई गालीगलौज गरेको आरोपमा रवि चुडाल पक्राउ

काठमाडौं – झापा–५ का मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक