कांग्रेसले निरन्तर सदन अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित | Khabarhub Khabarhub

कांग्रेसले निरन्तर सदन अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकाे निरन्तर सदन अवराेध पछि प्रतिनिधि सभा बैठक स्थगित भएकाे छ । दोस्रो पटक पनि बैठकमा निरन्तर कांग्रेसले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।

अर्को जेठ १ गते बेलुका ६ बजेसम्मका लागि स्थगित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।  उनले कार्यसूचीबाट सबै कार्यक्रम हटाएको भन्दै बैठक जेठ १ गते बस्ने जानकारी गराए ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले छानबिन समिति बनाउन माग गरिरहेको छ ।

हिउँदे अधिवेशनमा पनि कांग्रेसले लामिछानेमाथि समिति बनाएर छानबिन गर्नुपर्ने भन्दै निरन्तर प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो ।

त्यसपछि बजेट अधिवेशनको तयारी हुन चाहिने समयभन्दा एक साताअगाडि नै हिउँदे अधिवेशन सरकारले अन्त्य गरेको थियो ।

बजेट अधिवेशनको सुरु दिनमै कांग्रेसले अवरोध गरेको भन्दै सत्ता पक्षका संसद् रिसाएका छन् ।

कांग्रेस गृहमन्त्री माथि छानबिन समिति नबनेसम्म ब्याग नहुने अडान लिइरहेको छ । तर सत्ता पक्ष व्यक्तिका नाममा  छानबिन समिति बन्न नसक्ने तर्क गरिरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : ५८ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन